१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल

तनहुँका स्थानीय तहद्वारा करिब रु आठ अर्बको बजेट प्रस्तुत

तनहुँका स्थानीय तहद्वारा करिब रु आठ अर्बको बजेट प्रस्तुत
अ अ+ अ-

तनहुँ। जिल्लाका स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब रु आठ अर्ब बराबरको बजेट प्रस्तुत गरेका छन् । जिल्लास्थित नौ स्थानीय तहले आज र एक स्थानीय तहले सोमबार बजेट प्रस्तुत गरेका हुन् ।

जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाले आगामी वर्षका लागि रु सात अर्ब ९३ करोड ८१ लाख ४७ हजार आठ सय ५५ को अनुमानित बजेट प्रस्तुत गरेका हुन् ।

व्यास नगरपालिकाले रु एक अर्ब ७५ करोड ८४ लाख १९ हजार, शुक्लागण्डकी नगरपालिकाले रु एक अर्ब २४ करोड ७६ लाख ३३ हजार नौ सय ६२, भिमाद नगरपालिकाले रु ६३ करोड ७२ लाख ६० हजार तीन सय ६३, भानु नगरपालिकाले रु ८८ करोड ५९ लाख चार हजारको बजेट प्रस्तुत गरेका छन् ।

देवघाट गाउँपालिकाले रु ४७ करोड ७३ लाख ७७ हजार, आँबुखैरेनी गाउँपालिकाले रु ६२ करोड आठ लाख २२ हजार ८३, बन्दीपुर गाउँपालिकाले रु ६४ करोड ९० लाख, म्याग्दे गाउँपालिकाले रु ६८ करोड ८६ लाख ३६ हजार, ऋषिङ गाउँपालिकाले रु ५२ करोड ४० लाख ९५ हजार चार सय ४७ र घिरिङ गाउँपालिकाले रु ४५ करोडको बजेट प्रस्तुत गरेका छन् ।

व्यास नगरपालिकाले रु एक अर्ब ७५ करोड ८४ लाख १९ हजारमध्ये चालु तर्फ रु ९८ करोड २० लाख सात हजार चार सय र पुँजीगतगतर्फ रु ७७ करोड ६४ लाख ११ हजार छ सय अनुमान गरेको उपप्रमुख इन्दिरा दरैले जानकारी दिनुभयो । उहाँका अनुसार प्रस्तावित बजेटमध्ये चालुतर्फ ५५ दशमलव ८५ प्रतिशत र पुँजीगततर्फ ४४ दशमलब १५ प्रतिशत रहेको छ ।

शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विकले आगामी वर्षका लागि रु एक अर्ब २४ करोड ७६ लाख ३३ हजार नौ सय ६२ को अनुमानित बजेट प्रस्तुत गर्नुभयो । बजेटको आम्दानीतर्फ सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान रु १४ करोड ४८ लाख अनुमान गरिएको छ ।

राजस्व बाँडफाँड रु ११ करोड ९२ लाख ६७ हजार, सशर्त अनुदान रु ६३ करोड ५० लाख, गण्डकी प्रदेशबाट प्राप्त समानीकरण अनुदान रु एक करोड ९४ लाख २९ हजार, बाँडफाँडअन्तर्गत रु एक करोड ६१ लख दश हजार, गण्डकी प्रदेश सरकारबाट समपूरक अनुदान रु ६० लाख अनुमान गरिएको छ ।

नगरपालिकाले आन्तरिक स्रोतबाट रु २५ करोड दश लाख २७ हजार नौ सय ३३ सङ्कलन गर्ने लक्ष्य लिएको छ । घरजग्गा दर्ता शुल्क रु एक करोड ५० लाख, सङ्घीय सरकार समपूरक अनुदान रु दुई करोड १८ लाख, गण्डकी प्रदेशबाट विशेष अनुदान रु ४० लाख, सशर्त अनुदान रु दुई लाख र जनसहभागिताबाट रु एक करोड ५० लाख स्रोत सङ्कलन हुने अनुमान गरिएको छ ।

खर्चतर्फ विषयगत शाखा र अन्तरसम्बन्धित क्षेत्र रु २४ करोड सात लाख ५६ हजार २९, सङ्घीय सरकारबाट प्राप्त सशर्त अनुदान रु ६३ करोड ५० लाख, सङ्घीय सरकार समपुरक अनुदान रु सात करोड २६ लाख ६६ हजार छ सय ६६, गण्डकी प्रदेशबाट समपुरक अनुदान रु एक करोड २० लाख, विशेष अनुदान रु ४० लाख अनुमान गरिएको छ ।

भीमाद नगरपालिकाका उपपप्रमुख शारदा खनालले आगामी वर्षका लागि रु ६३ करोड ७२ लाख ६० हजार ३६३ बराबरको बजेट प्रस्तुत गर्नुभयो । त्यसमध्ये चालुतर्फ रु ४४ करोड ४४ लाख ८९ हजार एक सय तीन र पुँजीगततर्फ रु १९ करोड २७ लाख ७१ हजार दुई सय ५९ विनियोजन गरिएको छ ।

भानु नगरपालिकाले आगामी आर्थिक वर्षका लागि रु ८८ करोड ५९ लाख चार हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । नगरसभामा आज उपप्रमुख उमा गोतामले उक्त अनुमानित बजेट प्रस्तुत गर्नुभएको हो । त्यसमध्ये चालुतर्फ रु ६४ करोड पाँच लाख चार हजार र पुँजीगततर्फ रु २४ करोड ५४ लाख विनियोजन गरिएको छ ।

उपप्रमुख गोतामेका अनुसार स्वास्थ्यतर्फ रु छ करोड ६४ लाख, शिक्षातर्फ रु ३६ करोड ६७ लाख, कृषि तथा पशुपालनतर्फ रु तीन करोड ६५ लाख, सुशासन र कार्यालय व्यवस्थापनतर्फ रु १५ करोड ३३ लाख, भौतिक पूर्वाधारतर्फ रु २४ करोड ५४ लाख, विपद् व्यवस्थापन रु ५० लाख विनियोजन गरिएको छ ।

आम्दानीतर्फ राजस्व बाँडफाँड प्रदेशबाट रु एक करोड ३४ लाख, सङ्घीय सरकार राजस्व बाँडफाँडबाट रु ११ करोड ५४ लाख, आन्तरिक आयबाट रु तीन करोड २५ लाख, अनुदान सङ्घीय समानीकरण सशर्त रु ६२ करोड ६४ लाख, प्रदेश सरकार समानीकरण, सशर्त रु दुई करोड ८६ लाख प्राप्त हुने अनुमान छ ।

बन्दीपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि रु ६४ करोड ९० लाख अनुमानित बजेट प्रस्तुत गरेको छ । उपाध्यक्ष पञ्चमाया गुरुङका अनुसार विनियोजितमध्ये चालुतर्फ रु ३९ करोड १२ लाख पाँच हजार र पुँजीगततर्फ रु २५ करोड ७८ लाख विनियोजन गरिएको छ ।

उहाँका अनुसार पूर्वाधार विकासतर्फ १४ करोड ९० लाख, आर्थिक विकासतर्फ रु तीन करोड ४७ लाख, सामाजिक विकासतर्फ रु सात करोड १५ लाख ४० हजार, प्राकृतिक प्रकोप तथा विपद्का लागि रु २५ लाख, प्रशासनिकतर्फ रु दश करोड ५० लाख, वडातर्फ छ वडाको पूर्वाधार विकासका लागि रु चार करोड विनियोजन गरिएको छ ।

उक्त बजेटको आम्दानीतर्फ सङ्घीय सरकार सशर्त चालुतर्फ रु १८ करोड ९४ लाख, पुँजीगततर्फ रु एक करोड, विशेष अनुदानतर्फ रु ८५ लाख, समपुरक अनुदानतर्फ ९१ लाख, वित्तीय समानीकरणतर्फ रु आठ करोड ९९ लाख, राजस्व बाँडफाँडतर्फ रु आठ करोड ५९ लाख हुने अनुमान छ ।

गण्डकी प्रदेश वित्तीय समानीकरणतर्फ रु एक करोड दश लाख ५३ हजार, विशेष अनुदानतर्फ रु ४० लाख, समपुरकतर्फ रु ६० लाख र आन्तरिक आयतर्फ रु १५ करोड १० लाख हुने अनुमान गरिएको छ ।

म्याग्दे गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ का लागि रु ६८ करोड ७६ लाख ३६ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । उपाध्यक्ष बालकृष्ण घिमिरेका अनुसार चालुतर्फ रु ४७ करोड ४७ लाख र पुँजीगततर्फ रु २१ करोड ३५ लाख विनियोजन गरिएको छ । कूल बजेटमध्ये चालुतर्फ ६८ दशमलव ९४ र पुँजीगततर्फ ३१ दशमलव छ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

सङ्घीय सरकारबाट वित्तीय समानीकरण अनुदानबाट रु नौ करोड ४६ लाख, सशर्त अनुदानबाट रु ८० लाख, चालुबाट रु १८ करोड, राजस्व बाँडफाँटबाट रु आठ करोड ४५ लाख, गण्डकी प्रदेश वित्तीय समानीकरणबाट रु एक करोड, प्रदेश राजश्व बाँडफाँडबाट रु ८८ लाख, राष्ट्रपति शैक्षिक सुधारबाट रु ९० लाख र सडक बोर्डबाट रु २३ लाख प्राप्त हुने अनुमान गरिएको घिमिरेले जानकारी दिनुभयो ।

गाउँपालिकाले वडातर्फ वडा नं १ का लागि रु ५१ लाख, वडा नम्बर २ का लागि रु ५३ लाख ८६ हजार, वडा नं ३ का लागि ४३ लाख ३९ हजार, वडा नं ४ का लागि रु ४७ लाख १७ हजार, वडा नं ५ का लागि रु ५१ लाख ४१ हजार, वडा नं ६ का लागि रु ५२ लाख ४५ हजार र वडा नं ७ का लागि रु ४९ लाख ९७ हजार विनियोजन गरेको छ ।

आर्थिक विकासतर्फ रु चार करोड ७३ लाख ७१ हजार, उद्योग शाखातर्फ रु १२ लाख ६० हजार, सामाजिक विकासतर्फ रु ३४ करोड २९ लाख १५ हजार, शिक्ष तथा खेलकुदतर्फ रु १५ करोड ४७ लाख, सामाजिक सुरक्षा भत्तातर्फ रु १३ करोड, वन तथा वातावरणतर्फ रु तीन करोड ९५ लाख, सुशासनतर्फ रु दश करोड १४ लाख ५० हजार विनियोजन गरिएको छ ।

आगामी आवका लागि भौतिक पूर्वाधार, ल्याण्डफिल्ड साइट, कृषि तथा पशुक्षेत्रको आधुनिकीकरण, शिक्षा, स्वास्थ्य, खानेपानीमा पर्याप्त बजेट विनियोजन गरिएको घिमिरेले उल्लेख गर्नुभयो । चालु आवको जेठ मसान्तसम्ममा ५८ दशमलव ४२ प्रतिशत बजेट खर्च भएको घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार त्यसमध्ये चालुतर्फ ७१ दशमलव चार र पुँजीगत ४२ दशमलव ८९ प्रतिशत रहेको छ ।

आँबुखैरेनी गाउँपालिकाले रु ६२ करोड आठ लाख २२ हजार ८३ को बजेट प्रस्तुत गरेको छ । उपाध्यक्ष दुर्गा अर्यालका अनुसार आर्थिक विकासतर्फ रु पाँच करोड आठ लाख ४९ हजार, पूर्वाधार विकासतर्फ रु २१ करोड ४४ लाख पाँच हजार ७२, संस्थागत विकास तथा सुशासनतर्फ रु ११ करोड ५३ लाख ९० हजार, सामाजिक विकासतर्फ रु २३ करोड ५१ लाख ३८ हजार ११ विनियोजन गरिएको छ ।

ऋषिङ गाउँपालिकाले आगामी आथिक वर्षका लागि रु ५२ करोड ४० लाख ९५ हजार चार सय ४७ को बजेट प्रस्तुत गरेको छ । उपाध्यक्ष गिनुमाया थापाका अनुसार आम्दानीतर्फ आन्तरिक आय रु तीन करोड ५०, सङ्घीय सरकारको वित्तीय समानीकरण रु दश करोड २५ लाख, राजश्व बाँडफाँड रु नौ करोड ४२ लाख ९५ हजार, समपुरक रु एक करोड ६८ लाख अनुमान गरिएको छ ।

घिरिङ गाउँपालिकाले रु ४५ करोडको बजेट प्रस्तुत गरेको छ । उपाध्यक्ष राधादेवी अधिकारीका अनुसार आम्दानीतर्फ आन्तरिक स्रोत रु एक करोड, सङ्घ वित्तीय समानीकरण रु चार करोड १९ लाख १३ हजार ६०, राजस्व बाँडफाँड रु आठ करोड ६० लाख, प्रदेश सरकार वित्तीय समानीकरण रु सात करोड ५६ लाख ४० हजार नौ सय ४०, प्रदेश सरकार राजश्व बाँडफाँड रु एक करोड चार लाख ७० हजार, सङ्घीय सशर्त अनुदान रु १७ करोड ३५ लाख अनुमान गरिएको छ । देवघाट गाउँपालिकाले रु ४७ करोड ७३ लाख ७७ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । रासस