११ श्रावण २०८३, सोमबार
,
Latest
दक्षिण चीन सागरमा भियतनामी जहाज दुर्घटनाः ४६ चालक दलका सदस्यको सफल उद्धार इराक र लेबनानका प्रधानमन्त्रीबीच भेटवार्ताः क्षेत्रीय स्थिरता र द्विपक्षीय सहयोगमा जोड हेटौँडाका शिवालयमा साउनको दोस्रो सोमबार भक्तजनको घुइँचो झापामा माछापालन व्यवसाय सङ्कटतर्फ उन्मुख एमाले दाङका पूर्वअध्यक्ष बस्नेतको निधन कोदारी राजमार्गमा दुई मन्त्रीको जम्बो निरीक्षण, राजमार्ग खुल्न भने अनिश्चित साउनको सोमवार देवघाटमा श्रद्धालुको उपस्थिति न्युन एनभिएल अक्सनमा १४ खेलाडी सर्वाधिक मूल्यमा, सबैभन्दा बढी रुचाइए चिरञ्जीवी र सनोज अमेरिकामा २१३ औॅं भानुभक्त तथा १०३ औॅं धर्मराज थापा जयन्ती सम्पन्न आज संघीय संसदका तीन समितिको बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘लालीबजार’ मा स्वस्तिमाको यस्तो लुक्स



अ+ अ-

काठमाडौँ । ‘जात्रा’ शृङ्खलामार्फत स्थापित भएको ब्यानर षट्कोण आट्र्सले निर्माण गर्ने नयाँ चलचित्र ‘लालीबजार’ मा अभिनेत्री स्वस्तिमा खड्का अनुबन्धित भएकी छन् ।

निर्माण पक्षले आज एक पोस्टर सार्वजनिक गर्दै अभिनेत्री खड्काको सो चलचित्रमा अभिनय रहने बताएको छ । अभिनेत्री खड्काले आफू देखिएको पात्रभन्दा भिन्न रहेकाले चलचित्रमा अभिनय गर्न लागेको बताइन् ।

उनले भनिन्, “अघिल्ला चलचित्रको तुलनामा यसपटक फरक स्वस्तिमा देख्नुहुनेछ । अभिनेत्रीका रुपमा हामीलाई फरक काम गर्ने इच्छा हुन्छ तर, त्यस्तो भूमिका र विश्वसनीय निर्माण समूह कमै पाइन्छ । यसपटक कथावस्तुसहित समग्र विषय उपयुक्त भएकाले काम गर्न लागेकी हुँ ।”

सार्वजनिक पहिलो झलकमा उनी गर्भवतीको चरित्रमा देखिने भएकी छन् ।

कलाकार तथा निर्माता रवीन्द्रसिंह बानियाँले मनोरञ्जनसँगै सामाजिक विषयलाई चलचित्रमा देखाइने जानकारी दिए । उनले ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ निर्माण गरेर दर्शकको विश्वास जितिसकेका छन् ।

चलचित्रका निर्देशक यम थापाले आइरहेकाभन्दा भिन्न विषयलाई पर्दामा ल्याउन लागिएको बताए । “यो विषय भिन्न छ, हामीले अहिले सबै कुरा खुलाउन सक्दैनौँ । तर, स–परिवार हेर्न मिल्ने हाम्रो समाजकै एउटा महत्वपूर्ण विषयलाई समेटेर चलचित्रको कथा तयार गरिएको छ । यसअघिका भन्दा यो चलचित्र अलि भिन्न बनाउन सक्दो प्रयास हुनेछ,” निर्देशक थापाले भने ।

निर्माता बानियाँ र म्याक्स दीपेस खत्रीले निर्माण गर्ने सो चलचित्रमा प्रदीप भट्टराईले कार्यकारी निर्माताको भूमिका निर्वाह गर्नेछन् । उक्त चलचित्र आगामी फागुन १ गते प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।