१ भाद्र २०८३, सोमबार
,
Latest
इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी करदाता प्रोत्साहन उपहार कार्यक्रमः साउन दोस्रो पाक्षिकका विजेता घोषणा गुरही पर्वले प्रकृति संरक्षण र थारू समुदायको एकताको सन्देश दिन्छ : मन्त्री चौधरी ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती लेक लागेर ज्यान गुमाउने बर्सेनि बढ्दो, युवा धेरै यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मुलुकीसंहिता समयानुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम नामी इन्टरनेशनल स्कुलमा विद्यार्थीलाई स्वागत कार्यक्रम श्रावण शुक्ल पञ्चमीः घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायपालिकामाथि कानुनमन्त्रीको हस्तक्षेपप्रति निजामती कर्मचारी संगठनले जनायो आपत्ति



अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन (नेराकस)ले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले न्यायपालिकामाथि असंवैधानिक हस्तक्षेप गरेको भन्दै गम्भीर आपत्ति जनाएको छ ।

मंगलबार अध्यक्ष हरि भट्टराईद्वारा जारी विज्ञप्तिमा संगठनले मन्त्री चौरसियाको कार्यशैलीले स्वतन्त्र न्यायपालिका र लोकतान्त्रिक शासन प्रणालीमाथि खतरा उत्पन्न भएको बताएको छ ।

मन्त्री चौरसियाले अदालतमा विचाराधीन मुद्दाहरूमा प्रभाव पार्ने नियतले न्यायाधीशहरूलाई बारम्बार फोन गर्ने, मुद्दाको सुनुवाइ तारिख र प्राथमिकतामा अनावश्यक चासो देखाउने, न्यायाधीशको सरुवा र पदस्थापनमा व्यक्तिगत स्वार्थ लाद्ने तथा फैसला प्रक्रियामा प्रत्यक्ष र परोक्ष हस्तक्षेप गर्ने प्रयास गरेको पाइएको ठहर गर्दै यस्ता कार्यले संविधानले प्रत्याभूत गरेको शक्ति पृथकीकरणको सिद्धान्त र कानुनी शासनको अवधारणालाई चुनौती दिएको उल्लेख गरेको छ ।

संगठनले मन्त्रीको यस्तो व्यवहारले न्यायाधीश र न्यायिक सेवाका कर्मचारीहरूमा भय, असुरक्षा र पेशागत नैतिक संकट उत्पन्न गरेको बताएको छ ।

256