२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु



अ+ अ-

काठमाडौँ । कोरोना संक्रमित एक महिलाको निधन भएको छ ।

नोबेल शिक्षण अस्पतालमा विराटनगरमा मंगलबार बिहान भर्ना भएकी इलाम सूर्योदया नगरपालिकाकी ३९ वर्षीय महिलाको मृत्यु भएको हो ।

अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

मृतक महिलालाई सात दिनअघिदेखि श्वासप्रश्वासमा समस्या हुने र ज्वरो आउने समस्या बढेपछि सोमबार बिर्तामोडको बिर्तासीटी अस्पतालमा परीक्षण गरिएको थियो ।

परीक्षणका क्रममा कोरोना (कोभिड–१९)संक्रमण भएपछि थप उपचारका लागि विराटनगरको नोबेल अस्पताल भर्ना गरिएको थियो ।

शवलाई प्रहरीको जिम्मा लगाइएको छ । कोशी प्रदेशमा पछिल्लो समय कोरोना संक्रमित भेटिन थालेका छन् । प्रदेशमा ८ जना कोरोना संक्रमित छन् ।