१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल

विपद्पछिको उद्धारका लागि काठमाडौं, पोखरा र सुर्खेतमा नेपाली सेनाको हेलिकप्टर तैनाथ

विपद्पछिको उद्धारका लागि काठमाडौं, पोखरा र सुर्खेतमा नेपाली सेनाको हेलिकप्टर तैनाथ
अ अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्युनिकरण र उद्धारका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायहरुलाई निर्देशन दिइसकेको बताउनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभउको हो । विपद् जोखिम न्युनिकरणका लागि सरकारले आफ्नो तर्फबाट गर्नुपर्ने काम गरिरहेको बताउनु भयो । अहिले मनसुनको प्रारम्भमा रहेको बताउँदै आफूले सुरक्षा निकायहरुलाई विपद् न्युनिकरण र उद्धारका लागि तयारी अवस्थामा रहन निर्देशन दिइसकेको बताउनु भयो । जिल्ला विपद् कोषमा आवश्यक रकम पठाइसकेको र विपद् भएको खण्डमा जिल्लाले तत्काल सम्बोधन गर्नेगरी आवश्यक रकम पठाउने काम भएको जानकारी दिनुभयो । आपत्कालीन मानवीय सहायता कक्ष भनेर सात वटै प्रदेशमा गोदामहरु बनाइ प्रदेश सरकारलाई जिम्मा लगाइएको बताउनु भयो ।

गृहमन्त्री लेखकले भन्नुभयो, ‘सरकारले आफ्नो ठाउँबाट गर्ने तयारी गरिरहेको छ । हामी मनसुनको प्रारम्भमा छौँ । मनसुन शुरु भइसकेको छ । अहिले सबैभन्दा पहिला केही दिन पहिला नेपाल प्रहरीको पनि हेड क्वार्टरमा गएर, सशस्त्र प्रहरी बलको मुख्यालयमा गएर देशभर नै सशस्त्र प्रहरी बल र नेपाल प्रहरी बल नेपालको तयारीको बारेमा हेरेका छु, छलफल गरेको छु । देशभर नेपाल प्रहरी, सशस्त्र प्रहरी बललाई तयारी रहनका लागि निर्देशन गरिएको छ । सुरक्षाकर्मीहरुः नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग आफ्नो ठाउँमा विपद् जोखिमको विषयमा तयारी अवस्थामा बसेका छन् । जिल्ला विपद् कोषमा आवश्यक रकम पठाइसकेका छौँ तत्कालका लागि । अहिले कतै विपद् आयो भने जिल्लाले तत्काल सम्बोधन गर्नेगरी आवश्यक रकम पठाउने काम भएको छ । सात वटै प्रदेशमा ह्युमेटेरियन स्टोरेज सेन्टर भनेर गोदामहरु छन् । आपत्कालीन मानवीय सहायता कक्ष भनेर सात वटै प्रदेशमा गोदामहरु छन् । तर त्यो गोदामको स्थिति मैले हेर्दा कस्तो थियो भने साँचो प्राधिकरणसँग छ । प्रदेश सरकार वा सम्बन्धित प्रदेशले त्यो गोदामबाट १० ब्ल्यांकेट झिक्न प्राधिकरणलाई लेखर पत्र पठाउनुपर्ने । प्राधिकरणले चिठी पठाएमात्रै झिक्न मिल्ने अवस्था छ । सबै गोदामहरु काठमाडौंको बाहेक प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ ।’

गृहमन्त्री लेखकले काठमाडौं, पोखरा र सुर्खेतमा नेपाली सेनाको हेलिकप्टर विपद् सुरक्षार्थ खटाइएको बताउनु भयो । सरकारसँग सिमित श्रोत र साधन रहेको बताउँदै ठूलो विपद्को व्यवस्थापन गर्न सरकारले मात्रै गर्छ भनेर बस्न नहुने बताउनु भयो ।