८ भाद्र २०८३, सोमबार
,
Latest
‘खर्क नीति’ लाई समयसापेक्ष परिमार्जन गरी मुलुकको समृद्धिमा जोडौँः सांसदहरु विशेष महाधिवेशन पक्षधरले भ्रमको खेती फैलाए : कांग्रेस नेता खड्का हाम्रो समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारीताको अलिक बढ़ी खाचोँ छ : राष्ट्रपति श्रममन्त्री यादवसँग राजदूत शामसीको भेट कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ बेनी–जोमसोम सडकमा पहिरोको उच्च जोखिम, तर छैन भरपर्दाे पूर्वचेतावनी प्रणाली मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का घाइते कैलाली–कञ्चनपुर पुगेर मन्त्री रावलको आग्रह : लालपुर्जा वितरणको काम तीव्रता दिनुस् पद्मा अर्यालको आरोप– ‘सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको विरोधमा केन्द्रित’
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारी सञ्चय कोषमा १२.८३ प्रतिशतको मुनाफा



अ+ अ-

काठमाडौँ। कर्मचारी सञ्चय कोषले आर्थिक वर्ष २०७५/७६ मा मुनाफा रकम ५१ करोड अर्थात् १२.८३ प्रतिशतले वृद्धि गरी चार अर्ब ४५ करोड पुर्याएको छ । कोषले बुधबार अर्थमन्त्री डा. युवराज खतिवडासमक्ष बुझाएको वार्षिक प्रतिवेदनअनुसार कुल आम्दानीमा तीन अर्ब २५ करोड अर्थात् १२.१७ प्रतिशतले वृद्धि भएर २९ अर्ब ९६ करोड पुगेको हो । यसैगरी कोषको कुल वित्तीय स्रोतमा ३० अर्ब ३९ करोड अर्थात् ९.७४ प्रतिशतले वृद्धि भएर तीन खर्ब ४२ अर्ब ४० करोड पुगेको छ ।  कोषको सञ्चित सञ्चय कोष रकम ३१ अर्ब १० करोडले वृद्धि भई तीन खर्ब नौ अर्ब ८५ करोड पुगेको छ । कर्जा तथा लगानी रकम २६ अर्ब ५० करोडले वृद्धि गरेर तीन खर्ब ३५ अर्ब २५ करोड पुर्याएको कोषले कुल आम्दानी रकमलाई पनि तीन अर्ब २५ करोडले वृद्धि गरी २९ अर्ब ९६ करोड पुर्याएको छ ।

कोषले क्षेत्रगत लगानीतर्फ पनि सञ्चयकर्ता सापटी रकम एक खर्ब ८१ अर्ब, बैङ्कको मुद्दती निक्षेप ७८ अर्ब ७९ करोड, परियोजना कर्जा ५२ अर्ब १९ करोड, सेयरमा लगानी २२ अर्ब ४४ करोड, सरकारी सुरक्षणपत्र ५३ करोड रहेको प्रतिवेदनमा उल्लेख छ । कोषले कर्मचारी सञ्चय कोष ऐन २०१९ ले गरेको व्यवस्थाअनुरूप नेपाल सरकारसमक्ष पेस गर्नुपर्ने आफ्नो वर्षभरिको कामकाजको वार्षिक प्रतिवेदन अर्थमन्त्री डा। खतिवडासमक्ष पेस गरेको हो ।

कोषले आर्थिक वर्ष २०७५/७६ (२०७५ साउन १ देखि २०७६ असार मसान्तसम्म) सम्पादन गरेका कार्य, वि. सं. १९९० देखि २०७६ सालसम्मको कोषको विकासक्रमको झलक, कोषको आन्तरिक तथा बाह्य पक्षको विश्लेषण, कोषको २०७५/७६ को मुख्य कारोबार, सञ्चयकर्तालाई प्रदान गरिएका सेवा तथा सुविधा, वित्तीय विश्लेषण, आर्थिक वर्ष २०७५/७६ मा भएका प्रमुख गतिविधि, कोषको भावी योजना र कोषको लेखापरीक्षण प्रतिवेदन तथा वित्तीय विवरण समावेश भएको सञ्चालक समितिबाट स्वीकृत वार्षिक प्रतिवेदन कोष सञ्चालक समितिका अध्यक्ष एवं अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीबाट अर्थमन्त्रीसमक्ष पेस गरिएको हो । गोरखापत्र दैनिक