१९ माघ २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु , गण्डकीमा संक्रमित ७५३ पुगे



अ+ अ-

पोखरा । कोरोना भाइरस संक्रमणका कारण गण्डकीमा थप एक जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत स्याङ्जाको सिरुबारीका ५५ वर्षीय पुरुषको गए राति निधन भएको पोखारा स्वास्थ्य विज्ञान प्रतिष्ठानले विज्ञान प्रतिष्ठानले जनाएको छ । असार ८ गते कोरना संक्रमण, गम्भीर निमोनिया तथा मधुमेह भई भेन्टिलेटरमा राखी उपचार गरिएकोमा गए राती ११ः ३५ मा निधान भएको विज्ञप्तिमा जनाइएको छ । यसअघि कोरोनाबाट वालिङका ५८ वर्षे पुरुषको निधन भइसकेको छ

थपिए ४ जिल्लामा ११ जना संक्रमित ७५३ पुगे,
गण्डकी प्रदेशमा कोरोना बिहीबार संक्रमितको संख्या ७५३ पुगेको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा र प्रदेश जनस्वास्थ्य प्रयोगशाला, हेटौंडामा गरिएको परिक्षणमा ४ जिल्लामा ११ जना संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

म्याग्दीमा ६, स्याङ्जामा १, बागलुङमा २ र नवलपुरमा थप २ जनामा कोरोना पुष्टि भएको हो । हालसम्म नवलपुरमा १ सय ८३, बागलुङमा १ सय ४२, स्याङ्जामा १ सय ३५, तनहुँमा ९१, पर्वतमा ६८, गोरखामा ७२ ,रहेका छन् । पुष्टि भएका सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । गोरखापत्र दैनिक