१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन

‘विदेशी ज्वाइँलाई विभेद नगरौं’

‘विदेशी ज्वाइँलाई विभेद नगरौं’
अ अ+ अ-

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली महिलासँग बिहे गर्ने विदेशी पुरुषले नागरिकता नपाउने प्रावधानले विभेद निम्त्याउने बताएका छन्। संविधानले पनि महिला र पुरुषबीच समानता सुनिश्चित गरेको उल्लेख गर्दै उनले संसदीय समितिले नागरिकतासम्बन्धी गरेको पछिल्लो प्रावधानप्रति असन्तुष्टि जनाएका हुन्। प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले विदेशी बुहारीलाई सात वर्षपछि वैवाहिक अंगीकृत नागरिकता दिने तर विदेशी ज्वाइँबारे मौन रहने गरी नागरिकता ऐन संशोधन विधेयक बहुमतबाट पारित गरेको थियो। ‘छोरालाई बढी र छोरीलाई कम अधिकार अहिलेको समय र समाजका लागि स्वीकार्य छैनरहुनुहुँदैन पनि’, उनले बुधबार ट्विटरमा लेखेका छन्, ‘नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलाले नागरिकता पाउने तर नेपाली महिलासँग बिहे गर्ने विदेशी पुरुषले नागरिकता नपाउने गरी विभेदको रेखा कोर्नु हुँदैन।’

उनले नागरिकतासम्बन्धी पछिल्लो प्रावधानले महिलालाई दोस्रो दर्जाको नागरिक बनाउने दाबी गरे। ‘महिलालाई दोस्रो दर्जाका नागरिक बनाउने गरी ल्याइएको प्रावधान संशोधन गरी लिंगको आधारमा विभेद नहुने अनि समानताको अवधारणा–मर्मअनुरुप नागरिकता विधेयक अघि बढाउन म सत्तारूढ नेकपासँग माग गर्दछु’, उनले भने। कांग्रेस सांसद गगनकुमार थापाले पनि नागरिकताका सम्बन्धमा महिला र पुरुषमा भेदभाव गरिएको दाबी गर्दै संविधान संशोधनको आवश्यकता औंल्याएका छन्। उनले संविधानमा समानता मौलिक हकका रुपमा राखिसकेपछि नागरिकतामा विभेद गर्न नपाइने जिकिर गर्दै संविधान नै संशोधन गर्नुपर्ने उल्लेख गरे। ‘असमानताका धेरै विषयमध्ये वैवाहिक अंगीकृत नागरिकताको विषय हो। नेपाली महिलाले कुनै विदेशी पुरुषसँग विवाह गरेमा उक्त पुरुषले जति नै अवधि नेपाल बसे पनि यहाँको नागरिकता पाउने कानुनी प्रावधान छैन, जुन महिलाको हकमा अत्यन्त विभेदपूर्ण छ’, उनले भने, ‘नागरिकतासम्बन्धी कानुनमा यसलाई सच्याउनुपर्छ र समान बनाउनुपर्छ।’

नेपाली नागरिकले विदेशी नागरिकसँग विवाह गरेपछि आफ्नो देशको नागरिकता परित्याग गरेर नेपालमै बसोबास गर्ने र नेपालकै नागरिक बन्न चाहनेलाई रोक्न नहुनेमा सांसद थापाको जोड छ। ‘नेपाली महिला वा पुरुष जसले पनि विवाह गरेर नेपाल आउने पुरुष वा महिला निश्चित समयपछि नेपालको अंगीकृत नागरिक बन्न पाउने अवस्था हुन्छ,’ उनले भने, यस्तोमा नागरिकता दिनु अघि निश्चित समयावधि राख्‍ने कुराको कतैबाट पनि विरोध हुने छैन। त्यो समयावधि महिला वा पुरुष दुवैका हकमा समान रुपले ५ वर्ष, ७ वर्ष कति राख्‍ने छलफल गरेर टुंग्याउन सकिन्छ।’

वैवाहिक अंगीकृत नागरिकतासम्बन्धमा कांग्रेस अहिलेकै कानुनी व्यवस्थालाई निरन्तरता दिनुपर्ने पक्षमा छ। तर, समितिले ७ वर्षको प्रावधानसहित विधेयक बहुमतले पारित गरेको थियो। कांग्रेसले रुकुम पश्चिमको सोती घटनाबारे प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन बालुवाटार पुगेका अधिकारकर्मी र राजनीतिक दलका नेता कार्यकर्तामाथि प्रहरी प्रशासनले गरेको दमनको विरोध गरेको छ। कांग्रेसनिकट नेपाल दलित संघलगायत १४ दलनिकट भ्रातृ संस्था र दलित नागरिक समाजको आयोजनामा भएको जारी आन्दोलनबारे प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र एक घण्टे शान्तिपूर्ण धर्नामा बस्ने क्रममा सुरक्षाकर्मीले लाठीचार्ज गर्नुका साथै धरपकड गरेको भन्दै कांग्रेसको आपत्ति जनाएको हो।

सुरक्षाकर्मीले कांग्रेसका केन्द्रीय सदस्यहरु जीवन परियार र लक्ष्मी परियारसहित एक दर्जन नेता कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो। सुरक्षाकर्मीको लाठी प्रहारबाट कांग्रेस केन्द्रीय सदस्य लक्ष्मी परियार गम्भीर घाइते भएको जनाइएको छ। शान्तिपूर्ण रुपमा ज्ञापन पत्र बुझाउन र धर्ना बस्न पाउने नागरिकको अधिकार माथि ठाडो हस्तक्षेप गर्दै सरकारले संविधानको भावना र मर्म विपरीतका क्रियाकलाप गर्न थालेको कांग्रेसको ठहर छ। अन्नपुर्णपोष्ट दैनिक