२ श्रावण २०८२, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विजय देवराकोन्डाविरुद्ध उजुरी दर्ता



अ+ अ-

एजेन्सी । अभिनेता विजय देवराकोन्डाविरुद्ध एससीरएसटी ऐन अन्तर्गत दोस्रो उजुरी दर्ता गरिएको छ ।

मे महिनामा रेट्रोको रिलिज पूर्व कार्यक्रममा उनले एक बयानमा आदिवासी समुदायविरुद्ध आपत्तिजनक टिप्पणी गरेको आरोप छ । यसपछि, आदिवासी समितिले उनी विरुद्ध उजुरी दर्ता गरेको हो ।

आदिवासी समितिका प्रदेश अध्यक्ष नेनावता अशोक कुमार नायकले दायर गरेको उजुरीमा विजय देवरकोन्डाले फिल्म रेट्रोको रिलिज पूर्व कार्यक्रममा आपत्तिजनक टिप्पणी गरेर आदिवासी समुदायको अपमान गरेको आरोप लगाइएको छ । यो उजुरी साइबराबादको रायदुग्राम प्रहरी चौकीमा दर्ता गरिएको छ ।

मे महिनाको सुरुमा, अधिवक्ता लाल चौहानले एसआर नगर प्रहरी चौकीमा विजय विरुद्ध लिखित उजुरी दिएका थिए । उनले प्रतिलिपिमा रेट्रोको रिलीज पूर्व कार्यक्रमको भिडियोको स्क्रिनसट पनि संलग्न गरेका थिए । उजुरीमा प्रमाणको रूपमा उनको बयानमाथि मिडियाले प्रकाशित गरेका समाचारका प्रतिलिपिहरू पनि समावेश छन् ।

विजय देवरकोन्डाको भनाइ के थियो ?
विजयले मे महिनामा फिल्म रेट्रोको प्रि–रिलीज कार्यक्रममा पहलगाम आतंकवादी हमलाको बारेमा कुरा गरेका थिए । यस क्रममा उनले भने–

कश्मीरमा के भइरहेको छ भन्ने कुराको समाधान भनेको आतंककारीहरूलाई शिक्षित गर्नु र उनीहरूको ब्रेनवास भन्ने कुरा सुनिश्चित गर्नु हो । उनीहरूले के हासिल गर्नेछन् ? कश्मीर भारतको हो, कश्मीर हाम्रो हो । भारतले पाकिस्तानमाथि आक्रमण गर्नु पनि आवश्यक छैन किनभने पाकिस्तानीहरू आफैं आफ्नो सरकारबाट वाक्क भइसकेका छन् । यदि यो सबै जारी रह्यो भने, तिनीहरू आफैंले उनीहरूमाथि आक्रमण गर्नेछन् । वास्तवमा, जसरी ५०० वर्ष पहिले आदिवासीहरूले लड्थे, यी मानिसहरूले बुद्धि र समझ बिना नै त्यही काम गरिरहेका छन् ।