२० मंसिर २०८२, शनिबार
,
Latest
निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको दरमा रेट बढाएर मुलुक ग्रे लिस्टबाट बाहिर निस्किँदैनः प्रमुख सचेतक शाही



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सुनको दरमा रेट बढाएर मुलुक ग्रे लिस्टबाट बाहिर ननिस्कने बताउनुभएको छ ।

अर्थ समितिको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सचिवहरुलेमुलुकलाई गे्र लिस्टबाट बाहिर निकाल्न सुनको दरमा रेट बढाएको बताउनुभएको भन्दै उहाँले झुटो कुरा नगर्न सचेत गराउनु भयो । समितिमा सोमवार आर्थिक विधेयक मार्फत सुन, चाँदी र गरगहनामा लगाइएको करका सम्बन्धमा नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको निवेदन र बैङ्क तथा बित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा आन्तरिक छलफल भएको हो । जसबारे बोल्दै उहाँले यो विधेयकले सुन गएर भारतबाट किनेर लेउ र नेपालको व्यवसाय बन्द गर भन्ने किसिमको देखिएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो सुन गएर भारतबाट किनेर ल्याउ, नेपालको व्यवसाय बन्द गर भनेर भारतको एम्बेसीबाट काम भएको हो । ग्रे लिस्टबाट हट्न के गर्नुपर्छ भनेर एक पटक गुगल खोज्नुस् त । सम्पती शुद्धिकरण गर्ने हो । करको दायरामा ल्याउने हो । करको दररेट बढाउने हो ? अलरेडी करको दायरामा छ त सुनहरु । १० प्रतिशत छैन । जो दायरामा छैन, त्यसलाई दायरामा ल्याउने हो । ग्रे लिस्टबाट हट्न सम्पती शुद्धिकरण गर्नुपर्छ । सुनको दरमा रेट बढाएर ग्रे लिस्टबाट आउट हुन्छ ? यो नभनिदिनुस् । अल्टिमेट कन्जुमरलाई गाह्रो हो । व्यापारीलाई गाह्रो होइन । दररेट बढाउनु भनेको नेपालको सुन व्यवसायीहरु ठप्प होउ, बन्द गर, हामी कमिसन खान्छौँ, पारीका व्यवसायीलाई फाइदा गर्छौं भनेको हो ।  आज निर्देशन गरेनौँ भने नेपालमा १० लाख परिवारको घर उजाड्छौँ ।’

प्रमुख सचेतक शाहीले यो विधेयकले सुन व्यवसायमा रोजगारी गरिरहेका १० लाख परिवारको घर उजाड्ने जिकिर गर्नुभयो ।