२० मंसिर २०८२, शनिबार
,
Latest
निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व वडाध्यक्ष वैद्यको निधन : पशुपति आर्यघाटमा अन्येष्टि



अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिका वडा नम्बर ८ का पूर्व वडाध्यक्ष सुवर्ण वैद्यको आज पशुपति आर्यघाटमा अन्त्येष्टि सम्पन्न गरिएको छ।

असार ५ गते जयबागेश्वरीमा ट्याक्सीको ठक्करबाट गम्भीर घाइते भएका वैद्यको असार ७ गते साँझ काठमाडौँ मेडिकल कलेज, सिनामंगलमा उपचारको क्रममा निधन भएको हो।

वैद्यको निधनप्रति वडा कार्यालयले गहिरो शोक प्रकट गर्दै आज वडाभर शोक विदा दिएको छ। उहाँको योगदानको सम्मानस्वरूप श्रद्धाञ्जलीका लागि उहाँको पार्थिव शरीर वडा कार्यालयमा राखिएको थियो। श्रद्धाञ्जली कार्यक्रममा वडा अध्यक्ष आशामान संगत, अन्य जनप्रतिनिधिहरू, नगर प्रहरी, वडा कर्मचारी, विभिन्न राजनीतिक दलका नेताहरु तथा स्थानीयवासीको बाक्लो उपस्थिति रहेको थियो।

वैद्यको जीवन राजनीतिक र सामाजिक सेवामा समर्पित रहेको थियो। २००६ साल असोज १५ गते जन्मिएका वैद्य २०३९ साल र २०४४ सालमा वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए भने २०६१ सालमा तत्कालीन राजाको शासनकालमा वडाध्यक्षकै रूपमा पुनः मनोनित भएका थिए।

राजनीतिक जिम्मेवारीसँगै सामाजिक सेवामा पनि सक्रिय रहेका वैद्य पशुपति आर्यघाटमा ‘घाटे वैद्य’का रूपमा काम गर्दै आउनुभएको थियो। अन्त्येष्टि समारोहमा सहभागीहरुले वैद्यले वडाको विकास र सामाजिक क्षेत्रका लागि पुर्‍याएको योगदानको उच्च प्रशंसा गरेका थिए। वडावासीले उहाँको निधनलाई अपूरणीय क्षति भन्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए।

श्री वैद्यको निधनले वडा नं. ८ ले एक अनुभवी, समाजसेवी र निःस्वार्थ सेवामा समर्पित व्यक्तित्व गुमाएको छ। उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरिन्छ।