१२ श्रावण २०८३, मंगलवार
,
Latest
बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना संसदीय सुनुवाइ समितिको बैठक बस्दै यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह चिकित्सकमाथिको आक्रमणको विरोधमा आज देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व वडाध्यक्ष वैद्यको निधन : पशुपति आर्यघाटमा अन्येष्टि



अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिका वडा नम्बर ८ का पूर्व वडाध्यक्ष सुवर्ण वैद्यको आज पशुपति आर्यघाटमा अन्त्येष्टि सम्पन्न गरिएको छ।

असार ५ गते जयबागेश्वरीमा ट्याक्सीको ठक्करबाट गम्भीर घाइते भएका वैद्यको असार ७ गते साँझ काठमाडौँ मेडिकल कलेज, सिनामंगलमा उपचारको क्रममा निधन भएको हो।

वैद्यको निधनप्रति वडा कार्यालयले गहिरो शोक प्रकट गर्दै आज वडाभर शोक विदा दिएको छ। उहाँको योगदानको सम्मानस्वरूप श्रद्धाञ्जलीका लागि उहाँको पार्थिव शरीर वडा कार्यालयमा राखिएको थियो। श्रद्धाञ्जली कार्यक्रममा वडा अध्यक्ष आशामान संगत, अन्य जनप्रतिनिधिहरू, नगर प्रहरी, वडा कर्मचारी, विभिन्न राजनीतिक दलका नेताहरु तथा स्थानीयवासीको बाक्लो उपस्थिति रहेको थियो।

वैद्यको जीवन राजनीतिक र सामाजिक सेवामा समर्पित रहेको थियो। २००६ साल असोज १५ गते जन्मिएका वैद्य २०३९ साल र २०४४ सालमा वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए भने २०६१ सालमा तत्कालीन राजाको शासनकालमा वडाध्यक्षकै रूपमा पुनः मनोनित भएका थिए।

राजनीतिक जिम्मेवारीसँगै सामाजिक सेवामा पनि सक्रिय रहेका वैद्य पशुपति आर्यघाटमा ‘घाटे वैद्य’का रूपमा काम गर्दै आउनुभएको थियो। अन्त्येष्टि समारोहमा सहभागीहरुले वैद्यले वडाको विकास र सामाजिक क्षेत्रका लागि पुर्‍याएको योगदानको उच्च प्रशंसा गरेका थिए। वडावासीले उहाँको निधनलाई अपूरणीय क्षति भन्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए।

श्री वैद्यको निधनले वडा नं. ८ ले एक अनुभवी, समाजसेवी र निःस्वार्थ सेवामा समर्पित व्यक्तित्व गुमाएको छ। उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरिन्छ।