२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनिष राउतले ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मा किन गरेनन् अभिनय ?



अ+ अ-

काठमाडौं । चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गतेबाट रिलिज हुँदैछ । विजय बराल मुख्य भूमिकामा रहेको चलचित्रको एसोसिएट डिरेक्टरमा मनिष राउत छन् ।

मनिष ‘प्रेमगीत ३’का अभिनेता हुन् । मनिष ‘प्रेमगीत ३’मा प्रदीप खड्कापछि मुख्य भूमिकामा थिए । ‘प्रेमगीत ३’मा रुचाइएका उनी ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मा भने एसोसिएट डिरेक्टरको भूमिकामा बसेका छन् ।

यो चलचित्रमा उनलाई दर्शकले अभिनेताका रूपमा देख्न पाउने छैनन् । अर्थात् उनले यसमा अभिनय गरेका छैनन् ।

मनिष सिनेमा पढेका अभिनेता हुन् । पढेर सिने करियरमा होमिएका उनले ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मा किन अभिनय गरेनन् ?

“निर्देशन पनि क्रिएटिभ काम नै हो । अभिनय त गरेँ, अब निर्देशनको काममा पनि विस्तारै अनुभव संगाल्दै जाउँ भन्ने हो । अभिनय र निर्देशन सँगैसँगै अगाडि बढाउँदा थप हसज हुन्छ कि भन्ने मेरो सोच हो,” मनिष भन्छन्, “म पूरै निर्देशक त होइन । तर, निर्देशकको कामको पनि अनुभव गरेको खण्डमा अभिनयलाई पनि सहयोग हुन्छ भन्ने लाग्छ ।”

मन मिल्ने टिम र राम्रो कथा भएकाले मेहनत गरेर काम गरौँ भन्ने उद्देश्यले ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मा फरक डिपार्टमेन्टमा काम गरेको उनले प्रष्ट पारे ।

हरेक अभिनेताको चाह निर्देशन पनि हुने गरेको दृष्टान्त दिँदै उनी अभिनय र निर्देशनलाई सकेसम्म सँगै अगाडि बढाउन चाहेको बताए ।

आगामी दिनमा आफूलाई दर्शकले अभिनयमा देख्नसक्ने उनले जानकारी दिए ।

भदौ ६ गते रिलिज हुने ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ अहिले पोस्टप्रोडक्सनमा छ ।

बलियो लाइनअप रहेको चलचित्रमा विजय बरालसँगै भोलाराज सापकोटा, केकी अधिकारी, अभिनेत्री मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।

थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ ।

चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको सिनेमामा तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक रहेका छन् । चलचित्रका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् ।

गोविन्द शाहीको काफिया फिल्मसले वितरणको जिम्मा लिएको छ ।

अलटाइम ब्लकबस्टर चलचित्र ‘पूर्णबहादुरको सारंगी’पछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यस वर्षको यो पहिलो चलचित्र हो ।

विसं. २०८१ मा नेपाली चलचित्र उद्योगलाई ब्लकबस्टर सिनेमा दिने विजय र केकी ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को मुख्य भूमिकामा सँगै देखिँदै छन् ।