१ भाद्र २०८३, सोमबार
,
Latest
इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी करदाता प्रोत्साहन उपहार कार्यक्रमः साउन दोस्रो पाक्षिकका विजेता घोषणा गुरही पर्वले प्रकृति संरक्षण र थारू समुदायको एकताको सन्देश दिन्छ : मन्त्री चौधरी ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती लेक लागेर ज्यान गुमाउने बर्सेनि बढ्दो, युवा धेरै यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मुलुकीसंहिता समयानुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम नामी इन्टरनेशनल स्कुलमा विद्यार्थीलाई स्वागत कार्यक्रम श्रावण शुक्ल पञ्चमीः घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेटप्रति प्रतिपक्ष भन्दा सत्तापक्षका सांसदहरु बढी असन्तुष्ट छन्ः सांसद शाही



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले सही बजेट विनियोजन हुन निर्वाचन प्रणाली बदल्नुपर्ने बताउनुभएको छ ।

आईतवारको प्रतिनिधि सभा बैठकमा विनियोजित बजेटमाथिको छलफलका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले निर्वाचन प्रणाली नबदलीकन बजेट नबदलिने जिकिर गर्नुभयो । उहाँले चुनावमा जाँदा सांसदहरुले विद्यालय बनाउँछु, सडक बनाउँछु, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार विकास, गरिबीको अन्त्य गर्ने, रोजगारी सिर्जना गर्ने विकास निर्माणका तमाम विषयहरु पूरा गर्छौं भनेर जनताबाट निर्वाचित भएर आएका हुने तर बजेट नपर्ने समस्या रहेको बताउनु भयो । बजेटप्रति प्रतिपक्ष भन्दा पनि बढी असन्तुष्टि सत्ता पक्षका सांसदहरु रहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो निर्वाचन प्रणाली नै बदलौँ । निर्वाचन प्रणाली नबदलीकन बजेट बदलिँदैन । यो परम्परागत भइरहन्छ । किनभने यो बजेट बनाउने दबाब त्यही हो । सरकारलाई आउने दबाब भनेकै निर्वाचन प्रणालीकै दबाब हो । चुनावमा जाँदा सांसदहरुले विद्यालय बनाउँछु, सडक बनाउँछु, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार विकास, गरिबीको अन्त्य गर्ने, रोजगारी सिर्जना गर्ने विकास निर्माणका तमाम विषयहरु पूरा गर्छौं भनेर जनताबाट निर्वाचित भएर आएका सांसद हुन् । बजेटप्रति प्रतिपक्ष भन्दा पनि बढी असन्तुष्टि सत्ता पक्षका सांसदहरु छन् । किनकी कोशिस त धेरै गरेकै हो । सत्तापक्षका सांसदहरुलाई खुशी पारौँ भनेर धेरै कोशिस सरकारले गरेको हो । तर सकेन । यसलाई परिवर्तन गरौँ ।’

उहाँले अर्थमन्त्रीसँग राष्ट्रनिर्माणको सबैभन्दा ठूलो भुमिका हुने जिकिर गर्नुभयो ।