२ पुष २०८२, बुधबार
,
Latest
पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानका तीन परमाणु क्षेत्रमा अमेरिकाको बमबारी



तस्बिर : बीबीसी
अ+ अ-

काठमाडौं । इजरायल र इरानबीचको युद्धमा अमेरिका होमिएको छ । अमेरिकाले इरानका तीनवटा परमाणु क्षेत्रमा आक्रमण गरेको छ । यसमा फोर्दो, नतान्ज र इस्फहान रहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै यसको जानकारी दिएका हुन् ।

राष्ट्रपति ट्रम्पलेसबै अमेरिकी जहाज इरानको हवाई क्षेत्रबाट बाहिर निस्किसकेको बताएका छन् । ट्रम्पका अनुसार फोर्दोमा धेरै बम खसालिएको छ ।

यो आक्रमण नेपाली समयअनुसार आइतबार बिहान पौने ५ बजे भएको हो । ट्रम्पले लेखेका छन्, ‘सबै विमान सुरक्षित रुपमा आफ्नो घर फर्किरहेका छन् । हाम्रा महान् अमेरिकी योद्धालाई बधाई । विश्वमा कुनै पनि अरु सेना छैनन् जो यो काम गर्न सक्षम छन् । अब शान्तिको समय हो ।’

तस्बिर : बीबीसी

उनले दोस्रो पोस्ट गर्दै इरानलाई अब यो युद्ध समाप्त गर्नका लागि सहमतिमा आउनुपर्ने बताएका छन् ।

इरानले भने अमेरिकी सेनालाई इरानी सेनाले रोक्ने कोसिस गरेको बताएको छ । तर आक्रमण रोक्नका लागि असफल भएको इरानको मेहर न्युजले बताएको छ । परमाणु क्षेत्रमा आक्रमण भएको इरानले स्वीकारेको छ ।

इरानको सरकारी न्युज एजेन्जी आईआरईबीका अनुसार इरानले आक्रमणभन्दा केही समयभन्दा तीनै परमाणु केन्द्रलाई खाली गरेको थियो । यद्यपि तीनवटै क्षेत्रमा कति क्षति भएको छ भन्ने विवरण आइसकेको छैन ।

यस्तै हुथी विद्रोहीले इरानको परमाणु क्षेत्रमा अमेरिकाले गरेको आक्रमणमा आपत्ति जनाएको छ । हुथीका नेता मोहम्मद अल–फराहले अमेरिकी बमबारीले युद्धको अन्त्य नभइ सुरुवात भएको बताएका छन् । उनले अब ‘हिट एन्ड रन’को समय आइसकेको चेतावनी दिएका छन् ।