१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाको महामन्त्रीमा बुर्लाकोटी, प्रवक्ता बने झा



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्यवाहकलाई नै महामन्त्री र प्रवक्ता बनाएको छ ।

यसअघि कार्यवाहक महामन्त्री रहेका कविन्द्र बुर्लाकोटीलाई रास्वपाले महामन्त्री बनाएको छ । यस्तै कार्यवाहक प्रवक्ता रहेका मनिष झालाई नै प्रवक्ता बनाइएको हो ।

रास्वपाको आज बसेको बैठकले बुर्लाकोटी र झालाई पूर्ण जिम्मेवारी दिएको हो ।

रास्वपाका पूर्वमहामन्त्री मुकुल ढकाल बाहिरिएपछि यी दुवै पद कार्यवाहकका रुपमा रहेका थिए ।