२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त

भाग्यको लेखा : हुम्लाकी ती शिशु र यी स्तुति

भाग्यको लेखा : हुम्लाकी ती शिशु र यी स्तुति
अ अ+ अ-

जन्मेर कोखमा कसैको
हुर्कन्छ काखमा कसैको
भाग्यको लेखा कस्तो
भावीले के लेखि दियो

चलचित्र चिनोको लागी, तुलसी घिमिरेको रचना, रणजीत गजमेरको संगीत र नारायण गोपालको स्वर रहेको गीत जस्तै छ हुम्लाकी स्तुतीको जिन्दगी पनि । २०७८ पुस २९ को चिसो बिहानीमा हुम्लाको अदानचुली–५ की ३२ वर्षीया गौरा छत्यालले घरमै जन्म दिएकी सातौँ छोरी हुन स्तुति ।

त्यो ठाउँमा सुत्केरी गराउन अस्पताल जान कहाँ पाउनु ? सातै सन्तान घरैमा जन्माइन् गौराले । सुत्केरी गराउन सहयोग गरिरहेका साथैमा रहेका अरु महिला (सायद सुडेनी) लाई गौराले सोधिन् के जन्मियो ? उनीहरुले जबाफ दिए‐ उही हो, छोरी ।

यो सुन्ने बित्तिकै प्रशव वेदनाको ओछ्यानमा पल्टिरहेकी गौराको मुख अमिलो भयो । किनभने उनको परिवारको चाह थियो छोरा । सातौँ सन्तान पनि छोरी नै भएपछि सायद उनको मनमा झट्का लाग्यो होला । अनि अकस्मात गौराको मुखबाट बाक्य निस्कियो– पर लैजाउ । त्यसपछि उनी अर्कातिर (दाहिनेतिर) मुन्टो फर्काएर सुतिन् ।

यता शिशुको धोइपखानी भयो । घरमा भएको याथासक्य न्यानो कपडाले नानीलाई बेरबार भयो । केही मिनेटजति पछि बच्चा स्वभावत: आमाको दूध खान रोयो, अनि आमा भएसामू ल्याए ।

यो पनि पढ्नुहोस- स्तुतिको बोलीमा आउन खोजेकी ‘आमा’

घर वरिपरिकै दिदीबहिनीहरुले गौरालाई उठ्न भने । पटक पटक बोलाए । अहँ उनले सुनिनन् । तल्लो घरकी दिदीले गौराको हात समातेर हल्लाइन् । उनी अझै बोलिनन् । सबै भएर उठाउन खोजे र ओछ्यानबाट यसो उठाए ।

उनी कोल्टे फेरेर सुतेकै अवस्थामा मुन्टो दायाँ नै थियो । होस थिएन । लौन के भयो भन्दै उनीहरुले यताउति गरे अनि घर र वरपरका पुरुषहरुलाई खबर गरे । अस्पताल लैजाने कि भन्ने भयो । तर त्यतिबेलासम्म गौराले प्राण त्याग गरिसकेकी थिइन् ।

उनले दाहिने फर्काएको मुन्टो कहिल्यै सीधा बनाइनन् । सातौँ सन्तानका रुपमा पनि छोरी नै जन्मिएको केही मिनेटमै यो संसारबाट बिदा लिइसकेकि रहिछन् । छोरीलाई परै राख्नु भनिन्, उनको मुहारै हेरिनन् (देख्न पाइनन्) । र तिनै छोरीसँग सदाका लागि विदा लिएर गइन् ।

सुत्केरी गराउन बसेका दिदीबहिनीहरु गौराले स्वेच्छाले देह त्याग गरेको भन्छन् । किनभने गौराको परिवार र उनी बसे बाँचेको समाजले यसपटक गौराको कोखबाट जसरी पनि छोरा खोजेको थियो । उनको देहले पनि त्यही चाहेको थियो ।

त्यसैले त उनले बच्चाको आवाज सुन्ने बित्तिकै के हो भनेर सोधिन् र हेर्न लगाइन् । जब छोरी जन्मिएको थाहा पाइन्, उनले परै लैजाउ भनिन् । किनभने छोरीको मुहार हेरेपछि उनलाई माया लाग्न सक्छ र प्राण त्याग गर्न गाह्रो पनि हुनसक्छ । त्यही परिवार र समाजका डरले उनको अन्तरमनले पनि छोरा नै खोजेको हुनुपर्छ । त्यसैले छोरीलाई परै राख्नु भनिन्, मुन्टो अर्कोतिर फर्काइन् र केही मिनेटमै सालनालैसित देहत्याग गरिन् ।

लाग्छ यो गौराको नभएर गौरा बसे हुर्केको समाजको गल्ती हो । त्यसो त कुनै मेसिनले जस्तै वर्षेनी सन्तान उत्पादन गरेर सात सात ओटा छोरी जन्माउनुमा पनि छोराकै चाह देखिन्छ । त्यो समाजले गौरा र गौराजस्ता आमाहरुलाई बारम्बार छोरा जन्माउन दबाब दिएको पनि हुनसक्छ ।

त्यसो नहुँदो हो त गौरालाई यतिचाँडै प्राण त्याग गर्न कसरी सजिलो हुन्थ्यो ? लाग्छ उनले यति छोटो जीवनमा पाएका पीडाहरुको मापन गर्ने कुनै मेसिन छैन होला । उनको थामिनसक्नुको पीडाले नै उनले यो संसारबाट विदा लिनु परेको हो । आफूले चाहेजस्तै गरी देह त्याग गर्न उनलाई सजिलो भएको हो ।

गौराको घरको आर्थिक अबस्था निकै दयनीय थियो । उनीसँग छोराका लागि समाजले दिएको मानसिक पीडासँगै छोरीहरु हुर्काउन परेको दु:ख पनि छँदै थियो । अशक्त श्रीमान् र सातओटा लालाबालाको भविष्य । संसारबाट बिदा लिनुअघि उनको मानसपटलमा आएकै हुनुपर्छ यो दृश्य ।

भनिन्छ, दु:खको बेला पनि कोही त दैब बनेर पनि आउँछ । उनको जीवनमा काखकी सानी छोरीको मायाले भन्दा पनि भोलि उनीहरुले पाउन सक्ने दु:खले पिरोल्न सक्थ्यो । त्यसैले उनले प्राण त्याग गरेकी हुन् । यो अनुमान मात्र नभएर सत्यका रुपमा उनका आफन्तहरु अहिले पनि अथ्र्याउँछन् ।

अब सुरुभयो ती काखे शिशुको बिचल्ली । ३२ वर्षको उमेरमा कुनै महिलाले जन्माएका सात सात सन्तानको अवस्था कस्तो होला ? गरिब परिवार र अशक्त बाबु । नवजात शिशुलाई अब पालिदिने कुनै व्यक्ति या संस्थाको खोजी सुरु भयो । नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायले  फेसबुक स्टाटसमा लेखे– हुम्लामा एउटी आमाले आफ्नो सातौँ छोरीलाई जन्म दिएको केही मिनेटमै मृत्यु भएको छ ।

सरु सुवेदीको तुलसालयले ती छ छोरीमध्ये सबैभन्दा कान्छी तीन छोरीलाई उद्धार गरी लालनपालन गर्ने तयारी गर्यो । त्यसअघि उनले बाँसको डोकोमा एक शिशुलाई थोत्रा थाङ्नामा सुताइरहेको बडो टीठलाग्दो, दयाजाग्दो फोटो पनि पोष्ट गरेका थिए । त्यसपछि ती शिशुको सहयोग र उद्धारका लागि सहयोगी हातहरु अघि आए । उपाध्यायले सूचित गरेजस्तै सरु सुवेदी पनि ती शिशुको उद्धार गरी तुलसालयमा राख्न तयार भइन् ।

त्यसपछि ती शिशुसहित दुई साना दिदीलाई लिन सरु नेपालगञ्ज पुगिन् । हवाई जहाजमा काठमाडौँसम्म ल्याउने कोही मनका धनीले टिकट काटिदिए । हुम्लाको अदानचुलीबाट डोकोमा बोकेर कोल्टी विमानस्थल हुँदै नेपालगञ्जम्म ल्याएको भाडा समेत गरी सबै खर्च सरुले व्यहोरिन् र केही सहयोगी मनको सहयोग त रह्यो नै । सरुले स्तुतिसहित तीन बहिनीलाई तुलसालय ल्याएर काठमाडौँ आईन । तुलसालयमै उनको न्वरान गरिन् । नाम राखिन् स्तुति ।

स्तुति जन्मिएको २० औँ दिनमा उद्धार गरी सरुले काठमाडौँ ल्याएकि हुन् । त्यतिबेला उनीसँगै उनकी चार र छ वर्षका दुई दिदी पनि तुलसालयमै ल्याइन् । अहिले पनि उनीहरु त्यहीँ छन् ।

“मेरी आमा पनि म १५ वर्ष हुँदा बित्नु भएको हो । टुहुरो जीवन कस्तो हुन्छ, मलाई राम्ररी थाहा छ । सरु भन्छि‐ यो छोरीलाई आमाको अभाव थाहा दिने छैन । यो मेरै छोरी हो । तुलसालयमा रहेका सबै नानीबाबुहरु मेरै छोराछोरी हुन् ।

यहाँका कतिपय बालबालिका पुनस्र्थापित पनि हुने गरेकाले यो संख्या समय समयमा घटबड भने भइरहन्छ । स्तुति नाम किन राख्नुभयो ? सरुको जवाफ छ– यो स्तुतिमार्फत् भगवानसँग मेरो स्तुति यो छ कि यो संसारमा स्तुति छोरीको जस्तो अवस्था कुनै पनि छोरीले व्यहोर्नु नपरोस् । अनि उनकी आमा गौराले जस्तो गरिबी र छोराको चाहमा यसरी प्राण त्याग गर्नु नपरोस् । त्यसैले मैले नै उनको नाम स्तुति राखेँ ।

उनै स्तुतीलाई सरु र उनको परिवारले आमाको माया र बाबुको स्नेह दिएका छन् । त्यसैले त एकदिन सुबेदीलाई नदेख्दा पनि स्तुतिले आँखा चारैतीर घुमाउँछिन् सरुको मुहार छान्छिन् । अहिले त सरु ठूली भइन्, तर उनलाई अहिले पनि सरु नै चाहिन्छ ।

अहिले भने स्तुति बिद्यालय जान थालेकी छिन् । उनलाई ललितपुरको जावलाखेलमा रहेको जेनेसिस एकेडेमीले नि:शुल्क पठन पाठनको व्यवस्था मिलाएको छ ।

जन्म दिने आमाको सामिप्यता गुमाएकी स्तुतिको बोलीबाटै आमा शब्द सुनेकी सरु भन्छिन्‐ सबै बाबुनानीको कथा कुनै न कुनै रुपमा स्तुतिको जस्तै छ ।
आमाको मायासँगै आश्रममा रहेका यी छोराछोरीलाई उनीहरुले पाउनुपर्ने माया र अधिकार दिलाउन लागि परेकी सरुको संघर्षले पनि धेरैलाई मोहित बनाउँछ ।

सरुको यो संघर्षलाई शब्दमामात्र उतार्न गाह्रो छ । तर सरकारले फर्केर नहेरेको बताउने सरुलाई भने आर्थिक समस्याले अब सताउन थालेको छ । सरकारका तर्फबाट आफूले कुनै सहयोग नपाएको उनको गुनासो छ । यी बालबालिकाको शिक्षाका लागि विद्यालयले त फि लिँदैन तर गाडीबाट स्कुल पुर्याउन, मानसिक रोग भएकाहरुको उपचार गर्न तथा यहाँका अरु बाआमाहरुको उपचार तथा लालनपालन गर्न अब आर्थिक समस्या पर्दै गएको सरु बताउँछिन् ।

तुलसालय तुलसी फाउन्डेसनद्धारा सञ्चालित अनाथ आश्रम हो । सरुकी आमा तुलसादेवी सुवेदीको क्यान्सरको रोगले ४४ वर्षको उमेरमा निधन भएको थियो । आफू १५ वर्षको हुँदा आमाको निधन भएपछि आफूले आमाको नाममा केही गरौँ भन्ने लागेर सरुले आमाको स्मृतिमा तुलसालयको स्थापना गरेकी हुन् ।

त्यसैले आमाकै नामबाट आश्रमको नाम पनि तुलसालय राखेकी हुन् । यो तुलसालयमा आश्रम लिइरहेका बालबालिकाको थर पनि मठ राखेकी छिन्, तुलसीको मठको नाममा ।