३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘म्याग्दी भलिबल कप–२०८२’ हुँदै



फाइल फोटो
अ+ अ-

म्याग्दी। बेनीमा शनिबारदेखि सञ्चालन हुन लागेको रु दुई लाख पुरस्कार राशिको गण्डकी प्रदेशस्तरीय अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिता ‘म्याग्दी भलिबल कप–२०८२’ को तयारी पूरा भएको छ ।

प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवर्द्धन तथा जिल्ला खेलकुद विकास समिति म्याग्दीको सहकार्यमा असार ११ गतेसम्म हुने प्रतियोगिता म्याग्दी जिल्ला भलिबल सङ्घले आयोजना गरेको हो । सङ्घका अध्यक्ष तेजेन्द्र बानियाँले प्रतियोगिताको तयारी पूरा भएको बताउनुभयो ।

प्रतियोगितामा आयोजक म्याग्दीसहित मुस्ताङ, बागलुङ, पर्वत, कास्की, तनहुँ, स्याङ्जा, गोर्खा, नवलपुर, लमजुङ र मनाङको सहभागिता हुने अध्यक्ष बानियाँले बताउनुभयो । विजेताले नगद रु दुई लाख, उपविजेताले नगद रु एक लाख तथा तेस्रो हुने टिमले नगद रु ५० हजार तथा चौथो हुने टिमले नगद रु २५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्ने अध्यक्ष बानियाँले बताउनुभयो ।

त्यस्तै प्रतियोगितामा उत्कृष्ट प्रशिक्षक र सर्वोत्कृष्ट खेलाडीलाई जनही नगद रु पाँच–पाँच हजार तथा अन्य विद्यागत उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिबेरो, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट सेटरले जनही नगद रु तीन–तीन हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

हरेक टिममा १२ खेलाडी, एक प्रशिक्षक र एक व्यवस्थापक (कूल १४ जना) को सहभागिता रहने प्रतियोगिताको सम्पूर्ण व्यवस्थापनको खर्च आयोजकले गर्ने गरी तय भएको म्याग्दी जिल्ला भलिबल सङ्घका महासचिव कुमार किशानले जानकारी दिनुभयो ।