११ श्रावण २०८३, सोमबार
,
Latest
चिकित्सकमाथिको आक्रमणको विरोधमा आज देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित
तपाईं के खोज्दै हुनुहुन्छ ?

आम सुकुम्बासी एवं अव्यवस्थित् बसोबासी संघले काठमाडौं महानगरलाई बुझायो ज्ञापनपत्



अ+ अ-

काठमाडौं। आम जनता पार्टी (आजपा) निकटको आम सुकुम्बासी एवं अव्यवस्थित् बसोबासी संघले काठमाडौं महानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।

आज (शुक्रबार) महानगर कार्यालय पुगेर संघका संयोजक कालबहादुर बिकको नेतृत्वमा ज्ञापनपत्र बुझाईएको हो ।सुकुम्बासी एवं अब्यवस्थित् बसोबासीहरुको समस्याप्रति गम्भीर भई भूमि समस्या समाधान आयोगले माग गरेअनुसार निवेदन तत्काल संकलन सुरु गर्न माग गरिएको छ । महानगर सच्चिनुपर्ने उनीहरुको माग छ ।

अध्यक्ष बिकले सुकुम्बासीको डाटा संकलन गरिदिन पहल गरिदिनुपर्यो भनेर आफूहरुले ज्ञापनपत्र बुझाएको प्रतिक्रिया दिए । उनले भने,‘काठमाडौं महानगरले छिटोभन्दा छिटो यसको निकास दिनुपर्छ । गरिब जनता, सुकुम्बासी र निमुखाप्रति महानगरले अब दोहोरो चरित्र नदेखाओस ।

अहिले पनि दुई वटा पत्र सार्वजनिक भएका छन् । एउटा पत्रले गर्ने भन्छ, अर्को पत्रले नगर्ने भनेको छ । यही भएर हामीले ध्यानाकार्षण गराएका छौं ।’

सुकुम्बासीहरुको समस्यासंग काठमाडौं महानगरका मेयर बालेन शाहले खेलवाड गरिरहेको संघका संयोजक बिकले बताए । सुकुम्बासीको समस्या समाधान गर्नुको साटो महानगरले मनोमानी गरिरहेको आरोप लगाउदै उनले महानगरको यस्तो हर्कतको विरुद्धमा कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिए ।