३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवसरका लागि विश्वभरमै श्रमिकहरु भौँतारिरहेका छन्ः श्रममन्त्री भण्डारी



अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आ–आफ्नो अवसरका लागि नेपाली श्रमिकमात्र नभई संसारका श्रमिक भौँतारिइरहेको बताउनुभएको छ ।

शुक्रवार श्रम, आप्रवासन, लैङ्गिक र जलवायु परिवर्तनसम्बन्धी बहुसरोकारवालासँगको छलफलमा मन्त्री भण्डारीले अवसरसँगै आफू र आफ्ना सन्तानको भविष्यका लागि आन्तरिकदेखि अन्तर्राष्ट्रिय आप्रवासनसम्मको अवस्था सिर्जना भएको बताउनुभएको हो ।

उहाँले पूरै गाउँ खालि रहेको र देश खालि भएको भन्दै नेपालमा केही छैन भन्ने भास्य निर्माण गरिएको बताउनु भयो । विगत पाँच वर्षमा ६० लाख नेपाली विदेशिएको र ५० लाख स्वदेश फर्किएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको बताउनु भयो । मन्त्री भण्डारीले नेपालमा गाउँघर खाली के कारणले भए, के कारणले खाली भए र कसरी फर्काएर गाउँमा नै लिएर जाने भन्ने विषयमा इमान्दारितापूर्वक काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको श्रम संसारको विषयमा कुरा गरिरहेका छौं । श्रम बजार ठूलो छ, यो नेपालसँगमात्र सम्बन्धित विषय होइन । विश्वभरका मानिसहरु महिला पुरुष सबै आआफ्ना किसिमका अवसरका लागि संसारभर भौँतारिएको अवस्था छ । सबैलाई राम्रो लाउने खाने अथवा अवसर प्राप्तिसँगै छोराछोरीलाई राम्रो शिक्षा दिने चाहनाको आशमा मानिसहरु संसारभरि घुमि नै रहेका हुन्छन् । आप्रवासन भनेको आन्तरिकदेखि अन्तर्राष्ट्रिय आप्रवासनसम्म हुन्छ । हरेक मुलुकका आआफ्नो परिस्थिति हुन्छन्, नेपाल पनि एउटा परिस्थितिबाट गुज्रिरहेको छ । धेरै मुलुकहरु धेरै पहिले गुज्रिएका थिए अहिले हामी गुज्रिरहेका छौं । केही कुराहरु अत्यन्त इमान्दारितापूर्वक चिरफार गरेर अगाडि बढ्नुपर्ने छ । यसलाई हामी घाँटीमाथिको मात्र विषय बनाएर हुँदैन, त्यसलाई भित्रसम्मको विषय बनाएर हामीले काम गर्नसक्नु पर्नेछ । केही तितो यथार्थपनि सम्झनुपर्ने हुन्छ र त्यसलाई सम्बोधन गर्ने प्रयास गर्नुपर्छ । नेपालमा विशेषगरी गाउँ खाली हुने प्रक्रिया कहिलेदेखि सुरु भयो र कसरी सुरु भयो ? त्यसको कारण अहिले हामीले कुरा गरिरहेका छौं जलवायु परिवर्तनले प्रत्यक्षरुपमा असर पारेको छ ।’

‘जलवायु परिवर्तनको प्रत्यक्ष असर अहिले भोगिरहेको छ नेपालले त्यसकारण त्यसको असर मानवजातीमा परिरहेको छ । केही विषय हामी आफैंले उब्जाएका पनि छौं । हामी लामो समय विभिन्न किसिमका आन्दोलन र द्वन्दबाट यो अवस्थामा आइपुगेका छौं । यसको असरबारे हामीले इमान्दारितपूर्वक सोच्नुपर्ने भएको छ । अहिले एक किसिमको भास्य निर्माण गरिएको छ– पुरै गाउँ खालि भएको छ, देशै खालि भएको छ, सबै बाहिर गइरहेका छन् कहिँ केही छैन भनिएको छ । वैदेशिक रोजगार विभागको डाटाबाट पनि विगत पाँच वर्षमा ६० लाख नेपाली विदेशिएको र ५० लाख स्वदेश फर्किएको अवस्था छ । यो परिस्थिति जुन छ यसलाई निश्चितरुपमा आँकडाबाट पुष्ट्याई गर्नुपर्ने अवस्था छ । र, अर्को विषयवस्तु भनेको नेपालमा गाउँ खाली भएका छन्, कहिलेदेखि खाली भाको हो र के कारणले खाली भए, कसरी फर्काएर लिएर जाने यो विषयमा पनि इमान्दारितापूर्वक काम गर्नुपर्छ । सरकार र व्यवस्थामात्र कुरालाई जोडर हुँदैन, यसका पछाडिका कारणहरुलाई हामीले केही देखिएका विषयहरुमात्र जोडेर नभई नदेखिएका विषयसमेत धेरै रहेका छन् । तर, महत्वपूर्ण विषय भनेको अर्थतन्त्र नै हो ।’

उहाँले देखिएका विषयमात्र जोडेर नभई नदेखिएका कारणहरुमा समेत इमान्दारितापूर्वक काम गरेर गाउँ बस्तीमा मानिसहरु फर्काउनेतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।