३० भाद्र २०८३, मंगलवार
,
Latest
जलवायु परिवर्तनका असर न्यूनीकरणमा पूर्वाधारमा लगानी बढाउन काठमाडौं महानगरको जोड आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान बुढीगण्डकी र फास्ट ट्र्याक निर्माणमा बाबुरामको दबाब, ‘अब पनि बहाना बनाएर रोक्नु हुँदैन’ ब्रिक्स बैंकको सहयोगमा बनेको सडकले भारतीय राज्यका स्थानीयको जीवनस्तर सुधार्दै अन्तर्राष्ट्रिय वुसु प्रतियोगिताले जोड्यो विभिन्न देशका खेलाडी र संस्कृति आज ऋषिपञ्चमी पर्व मनाइँदै, ऋषेश्वर मन्दिरमा भक्तजनको भीड उत्तरगयाका बाढीपीडितलाई पोखराबाट राहत, १६५ परिवारलाई प्रतिपरिवार ४० हजार बराबरका सामग्री भोटेकोशी बाढी : अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्वारेन्टिनहरुलाई सुरक्षित र व्यवस्थित बनाउन संसदीय समितिको निर्देशन



अ+ अ-

काठमाडौं । संसदीय समितिले क्वारेन्टिनहरुलाई सुरक्षित र व्यवस्थित बनाउन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ । 

शुक्रबार महिला तथा सामाजिक समिति बैठकले क्वारेन्टिनहरुमा महिला हिंसाका घटनाहरु बढिरहेकोले व्यवस्थित र मर्यादित बसाईको व्यवस्था गर्न मन्त्रालयलाई निर्देशन दिएको हो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि निर्माण भएका क्वारेन्टिनहरु पूर्ण रुपमा महिला मैत्रि नभएकाले यौंन हिंसाका घटनाहरु बढेकोले मर्यादित र सुरक्षित क्वारेन्टिनको व्यवस्थापन गर्न मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति निरुदेवी पालले बताउनुभयो ।

सांसदहरुले क्वारेन्टिनहरु व्यवस्थित नभएको गर्भवति महिलाहरुको पीसीआर परीक्षण समयमै नहुदा समस्या भएको बताएका छन् । सांसद अमृता थापाले सुत्केरी महिलाहरुको पीसीआर रिपोर्ट ढिला आउँदा अप्रेसनमा समस्या हुने गरेको बताउनुभयो । उहाँले पीसीआर परीक्षणलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । महिलाहरु रहेको क्वारेन्टिनको सुरक्षाका लागि महिला प्रहरीको आवश्यकता रहेको उहाँले बताउनुभयो । उहाँले महिला प्रहरीको अभाव देखिए म्यादी महिला प्रहरी भर्नाको व्यवस्था मिलाउनुपर्ने बताउनुभयो ।

सांसद हिरा गुरुङले क्वारेन्टिनहरुमा महिलामाथि हिंसाका घटना बढिरहेको अवस्थामा मन्त्रालयले के गरिरहेको छ भन्दै प्रश्न गर्नुभयो । क्वारेन्टिनमा सुत्केरी महिलाहरुले दुःख पाइरहेको उल्लेख गर्दै उहाँले मन्त्रालयको तर्फबाट के कस्तो सहयोग भइरहेको छ भन्नुभयो ।

सांसद महेन्द्र कुमारी लिम्बुले महिलामाथि हुने हिंसाका घटनाहरुमा बोल्न नसक्ने मन्त्री र समिति सभापतिले राजीनामा दिनुपर्ने पर्ने बताउनुभयो ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री समेत सहभागि कार्यक्रममा अर्का सांसद गंगा चौधरीले क्वारेन्टिनमै महिलामाथि हिंसाका घटनाहरु बढिरहेको भएपनि मन्त्रालय र समितिले तदारुकता नदेखाएको बताउनुभयो । लक डाउनको समयमा सांसदहरुलाई आफ्नो गाउँ जान कुनै समस्या नभएपनि महिला हिंसा बढिरहेको क्षेत्रमा गएर अध्ययन गर्न के ले रोक्यो भन्दै उहाँले प्रश्न गर्नुभयो ।

उहाँले महंगा कार्पेट किन्नु भन्दा सीप भएका महिलाहरुलाई प्रोत्साहन गरी स्थानीय स्तरमा उत्पादन हुने गुन्द्री प्रयोग गर्न आग्रह गर्नुभयो ।