३० भाद्र २०८३, मंगलवार
,
Latest
जलवायु परिवर्तनका असर न्यूनीकरणमा पूर्वाधारमा लगानी बढाउन काठमाडौं महानगरको जोड आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान बुढीगण्डकी र फास्ट ट्र्याक निर्माणमा बाबुरामको दबाब, ‘अब पनि बहाना बनाएर रोक्नु हुँदैन’ ब्रिक्स बैंकको सहयोगमा बनेको सडकले भारतीय राज्यका स्थानीयको जीवनस्तर सुधार्दै अन्तर्राष्ट्रिय वुसु प्रतियोगिताले जोड्यो विभिन्न देशका खेलाडी र संस्कृति आज ऋषिपञ्चमी पर्व मनाइँदै, ऋषेश्वर मन्दिरमा भक्तजनको भीड उत्तरगयाका बाढीपीडितलाई पोखराबाट राहत, १६५ परिवारलाई प्रतिपरिवार ४० हजार बराबरका सामग्री भोटेकोशी बाढी : अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार ४ सय नाघ्यो



अ+ अ-

सुर्खेत। कर्णाली प्रदेशमा शुक्रबार थप २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयको प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार थपिएका २६ सहित सङ्क्रमितको सङ्ख्या एक हजार ४३३ पुगेको छ ।

कर्णाली प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका १२, दैलेखका पाँच, सल्यानका तीन, जाजरकोटका दुई र मुगुका एक जनामा कोरोना सङ्क्रमण देखिएको छ । यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा जुम्लाका एक र जुम्लामा रहेका काठमाण्डौँ र सुर्खेतका एकरएक जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

अहिलेसम्म प्रदेशका सबै जिल्लामा कोरोना सङ्क्रमण देखिएको छ । सबैभन्दा बढी दैलेखमा ७६०, सुर्खेतमा ३४०, सल्यानमा १७७, कालिकोटमा ४७, जुम्लामा ३०, जाजरकोटमा १३, हुम्लामा दुई जना, मुगुमा तीन, डोल्पा र रुकुमपश्चिममा एकरएक जना कोरोना सङ्क्रमित रहेका छन् । अन्य प्रदेशका विभिन्न जिल्लाका ५९ जना रहेका छन् ।

यस्तै, शुक्रबार २८ जना कोरोना सङ्क्रमणमुक्त भएर घर गएका छन् । दैलेख अस्पताल र नारायण क्याम्पसमा रहेको आइसोलेसन सेन्टरबाट नौ जना, सुर्खेतमा रहेका विभिन्न आइसोलेसनबाट १८ जना डिस्चार्ज भएका हुन् । कर्णालीमा कोरोनामुक्त भएर घर जानेको सङ्ख्या ७२० पुगेको छ । कोरोना सङ्क्रमणका कारण छ जनाको मृत्यु भएको छ ।