११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति

श्रीलङ्का टापुका कृषकलाई अनुदानमा कृषि उपकरण

श्रीलङ्का टापुका कृषकलाई अनुदानमा कृषि उपकरण
अ अ+ अ-

सुनसरी। बराहक्षेत्र नगरपालिकाले बराहक्षेत्र नगरपालिका–६ र ९ श्रीलङ्का टापुका कृषकलाई अनुदान स्वरुप आधुनिक कृषि उपकरण सामग्री वितरण गरेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालन गरिएको मकै पकेट क्षेत्र विकास कार्यक्रम तथा कोशी प्रदेश सरकारअन्तर्गत उद्योग, कृषि तथा सहकारी मन्त्रालयको वित्तीय हस्तान्तरण कार्यक्रमअन्तर्गत विद्युतीय मोटर, डेलिभरी पाइप तथा त्रिपाल वितरण गरिएको बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्कीले जानकारी दिनुभयो।

कृषकलाई ४३ थान विद्युतीय मोटर, ६० बन्डलडेलिभरी पाइप र एक सय ५५ थान त्रिपाल वितरण गरिएको छ । नगरपालिकाको बार्षिक कार्यक्रमअनुसार सूचना जारी गरी कृषकहरुको आवेदन सङ्कलनपछि छनोट गरिएका लाभग्राहीलाई गरैया कृषि सहकारी संस्थाको समन्वयमा आधुनिक कृषि प्रणाली अपनाउन सहयोग पुग्ने अपेक्षासहित कृषकलाई ५० प्रतिशत अनुदानमा उपकरण सामान विरण गरिएको उहाँले बताउनुभयो ।

कृषि क्षेत्र नगर विकासको आधारस्तम्भ भएकाले यस्ता कार्यक्रममार्फत कृषकको उत्पादनशीलता र जीवनस्तर सुधार ल्याउने लक्ष्य लिएको नगरप्रमुख कार्कीको भनाइ छ । कृषकको श्रमलाई प्राविधिक साथ दिन सकियो भने उत्पादन वृद्धि हुनका साथै कृषि उपजको निर्यातमा श्रीलङ्का टापु क्षेत्र अग्रणी बन्न सक्ने उहाँले बताउनुभयो ।

श्रीलङ्का टापुमा मकै, तरकारी, धानलगायतका नगदेबालीको उत्पादन पर्याप्त हुने भएकाले वितरण गरिएका उपकरणको सहयोगले किसानको उत्पादनमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ । नगरपालिकाले बर्सेनि बीउविजन र अन्य आवश्यक कृषि उपकरण शतप्रतिशत अनुदानमा वितरण गर्दै आएको उहाँले बताउनुभयो ।

कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका उपप्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर कट्वाल, कृषि शाखा प्रमुख तुलसा लिम्बू, गरैया कृषि सहकारी संस्थाका अध्यक्ष बद्री राईलगायतको सहभागिता रहेको थियो । रासस