५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

समष्टिगत आर्थिक पुनरुत्थानमा बजेट प्रभावकारी हुने अर्थमन्त्री पौडेलको दाबी



अ+ अ-

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटले शिथिल अर्थतन्त्रलाई उकास्न सहयोग गर्ने दाबी गर्नुभएको छ ।

बिहीवार राष्ट्रिय सभाको बैठकमा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो दाबी गर्नुभएको हो । उहाँले  निजी क्षेत्र र सहकारी क्षेत्रले बजेटप्रति सकारात्मक टिप्पणी गरिरहेको उल्लेख गर्दै बजेटले मितव्ययिता, सुशासन र आर्थिक पुनरुत्थानका लागि शाहसिक र उपयोगी कार्यक्रम अघि सारेको जिकिर गर्नुभयो । उहाँले स्टार्टअप प्रवद्र्धनका लागि सूचना प्रविधि (आईटी) क्षेत्रमा विभिन्न मन्त्रालयमार्फत महत्वपूर्ण कार्यक्रम प्रश्ताव बताउनु भयो । रेमिटेन्स व्यवस्थापन, कृषि क्षेत्रको प्राथमिकता तथा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले निजी क्षेत्र र सहकारी क्षेत्रले अर्थतन्त्रको शिथिलतालाई चिर्नको निम्ति अगामी आर्थिक वर्षको बजेट उपयोगी हुने टिप्पणी भइरहेको छ । बजेटले मितव्ययिताको पक्षमा, सुशासनको पक्षमा केही साहसिक एवं उपयोगी कार्यक्रमहरू अघि सारेको छ । स्टार्टअपको सन्दर्भमा आईटी क्षेत्रलाई प्रमोसन गर्ने धेरै महत्त्वपूर्ण कार्यक्रमहरू धेरै वटा मन्त्रालयमा प्रस्ताव गरिएको छ । रेमिट्यान्सको सन्दर्भमा समेत बजेटले केही कुरा बोलेको छ अझै थप मौद्रिक नीतिले बोल्छ । कृषि क्षेत्रलाई प्राथमिकता दिइएको छ । शिक्षा र स्वास्थ्यको क्षेत्रमा आवश्यकताअनुसार बजेट विनियोजन भएन होला आनुपातिक रुपले बजेट वृद्धि गरिएको छ । युवाहरूलाई देशभित्रै रोक्नको लागि अनेकन कार्यक्रमहरू अघि सारिएको छ । दिगो विकास र सोह्रौँ योजनालाई बजेट निर्माणको आधारको रूपमा आत्मसाथ गरेर बजेट प्रस्तुत गरिएको छ ।’

अगामी आर्थिक वर्षको बजेटले समष्टिगत आर्थिक पुनरुत्थानमा टेवा पु¥याउने उहाँको विश्वास छ ।