५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

समष्टिगत आर्थिक पुनरुत्थानमा बजेट प्रभावकारी हुने अर्थमन्त्री पौडेलको दाबी



अ+ अ-

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटले शिथिल अर्थतन्त्रलाई उकास्न सहयोग गर्ने दाबी गर्नुभएको छ ।

बिहीवार राष्ट्रिय सभाको बैठकमा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो दाबी गर्नुभएको हो । उहाँले  निजी क्षेत्र र सहकारी क्षेत्रले बजेटप्रति सकारात्मक टिप्पणी गरिरहेको उल्लेख गर्दै बजेटले मितव्ययिता, सुशासन र आर्थिक पुनरुत्थानका लागि शाहसिक र उपयोगी कार्यक्रम अघि सारेको जिकिर गर्नुभयो । उहाँले स्टार्टअप प्रवद्र्धनका लागि सूचना प्रविधि (आईटी) क्षेत्रमा विभिन्न मन्त्रालयमार्फत महत्वपूर्ण कार्यक्रम प्रश्ताव बताउनु भयो । रेमिटेन्स व्यवस्थापन, कृषि क्षेत्रको प्राथमिकता तथा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले निजी क्षेत्र र सहकारी क्षेत्रले अर्थतन्त्रको शिथिलतालाई चिर्नको निम्ति अगामी आर्थिक वर्षको बजेट उपयोगी हुने टिप्पणी भइरहेको छ । बजेटले मितव्ययिताको पक्षमा, सुशासनको पक्षमा केही साहसिक एवं उपयोगी कार्यक्रमहरू अघि सारेको छ । स्टार्टअपको सन्दर्भमा आईटी क्षेत्रलाई प्रमोसन गर्ने धेरै महत्त्वपूर्ण कार्यक्रमहरू धेरै वटा मन्त्रालयमा प्रस्ताव गरिएको छ । रेमिट्यान्सको सन्दर्भमा समेत बजेटले केही कुरा बोलेको छ अझै थप मौद्रिक नीतिले बोल्छ । कृषि क्षेत्रलाई प्राथमिकता दिइएको छ । शिक्षा र स्वास्थ्यको क्षेत्रमा आवश्यकताअनुसार बजेट विनियोजन भएन होला आनुपातिक रुपले बजेट वृद्धि गरिएको छ । युवाहरूलाई देशभित्रै रोक्नको लागि अनेकन कार्यक्रमहरू अघि सारिएको छ । दिगो विकास र सोह्रौँ योजनालाई बजेट निर्माणको आधारको रूपमा आत्मसाथ गरेर बजेट प्रस्तुत गरिएको छ ।’

अगामी आर्थिक वर्षको बजेटले समष्टिगत आर्थिक पुनरुत्थानमा टेवा पु¥याउने उहाँको विश्वास छ ।