५ पुष २०८२, शनिबार
,
Latest
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफताब आलमलाई सफाइ दिने दुई न्यायाधीश न्याय परिषद् तानिए



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई ज्यान मुद्दामा सफाइ दिने न्यायाधीशद्वय डा खुसीप्रसाद थारु र अर्जुन महर्जन न्याय परिषद्‌मा तानिएका छन् ।

बिहीबार बसेको परिषद् बैठकले छानबिन समिति बनाएर उनीहरुलाई परिषदमा तान्ने निर्णय गरेको हो ।

न्यायाधीशद्वय थारु र महर्जनको इजलासले गत जेठ १४ गते व्यक्तिलाई जिउँदै इँट्टाभट्टामा पोलेर हत्या गरेको अभियोगमा जिल्ला अदालत रौतहटबाट दोषी ठहर भई कारागारमा रहेका पूर्वसांसद आलमलाई सफाइ दिएका थिए ।

बम काण्डमा मारिएका पिन्टु भनिने त्रिलोकप्रताप सिंहका बुवा श्रीनारायण सिंह राजपूतले आलमलाई सफाइ दिने न्यायाधीशहरूलाई कारबाही गर्न मागसहित गत मङ्गलवार उजुरी दिएका थिए ।