३० भाद्र २०८३, मंगलवार
,
Latest
जलवायु परिवर्तनका असर न्यूनीकरणमा पूर्वाधारमा लगानी बढाउन काठमाडौं महानगरको जोड आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान बुढीगण्डकी र फास्ट ट्र्याक निर्माणमा बाबुरामको दबाब, ‘अब पनि बहाना बनाएर रोक्नु हुँदैन’ ब्रिक्स बैंकको सहयोगमा बनेको सडकले भारतीय राज्यका स्थानीयको जीवनस्तर सुधार्दै अन्तर्राष्ट्रिय वुसु प्रतियोगिताले जोड्यो विभिन्न देशका खेलाडी र संस्कृति आज ऋषिपञ्चमी पर्व मनाइँदै, ऋषेश्वर मन्दिरमा भक्तजनको भीड उत्तरगयाका बाढीपीडितलाई पोखराबाट राहत, १६५ परिवारलाई प्रतिपरिवार ४० हजार बराबरका सामग्री भोटेकोशी बाढी : अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोका कारण १५० घरघुरी जोखिममा



अ+ अ-

कालीकोट । कालीकोट जिल्लाको महावै गाउँपालिका–३ डिल्लीकोटको धामीगाउँमा पहिरो जाँदा १५० घरधुरी जोखिममा परेका छ । अविरल वर्षापछि बिहीबार राति आएको पहिराका कारणले बस्ती नै जोखिम परेको हो । 

सिरानमा नै पहिरो आएका कारणले गाउँ नै जोखिममा परेको स्थानीयवासी जनपुराकुमारी सिंहले बताउनुभयो । ‘गाउँको सिरानमा पहिरो आएको छ ।’ उहाँले भन्नुभयो,‘बस्ती नै जोखिममा परेको कारणले अहिले सबै मानिस त्रसित छन् ।  पहिरोका कारणले खानेपानीको पाइप पनि भत्किएको छ । बस्तीमा अहिले खानेपानीको समस्या भएको छ ।’

अहिले बस्तीलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा छलफल भइरहेको वडाध्यक्ष दानकला सिंहले बताउनुभयो । ‘बस्ती पहिरोको जोखिममा परेको छ’, उहाँले भन्नुभयो, ‘बस्ती सार्ने वा के गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।’