२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

शव व्यवस्थापनमा अवरोध नगर्न आग्रह



अ+ अ-

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ बाट मृत्यु भएका व्यक्तिको सम्मानजनक रुपमा स्थानीय तहसँग समन्वय गरी शव व्यवस्थापन गर्ने वातावरणको सिर्जना गर्न सरकारसँग आग्रह गरेको छ ।

आयोगका सचिव वेदप्रसाद भट्टराइले आज जारी गरेको प्रेस विज्ञप्तिमा वर्तमान विशेष परिस्थितिमा सरकारले लागू गरेको कार्यविधिको प्रभावकारी पालनामा सहयोग र साथ दिन स्थानीय सबै सरोकारवालालाई आग्रह गरिएको छ ।

कास्कीको पोखरा महानगरपालिका–३२ मा कोभिड–१९ बाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनका क्रममा सुरक्षाकर्मी, स्थानीय जनप्रतिनिधि तथा स्थानीय बासिन्दाबीच भएको झडपको घटनाप्रति ध्यानाकर्षण जनाउँदै आयोगले सो आग्रह गरेको हो ।

कोभिड–१९ बाट मृत्यु भएका व्यक्तिको शव स्थानीय बासिन्दासँग समन्वय नै नगरी बस्तीको नजिक व्यवस्थापन गर्न लागेको भन्दै स्थानीयले अवरोध गरेको र स्थानीयको अवरोधका बीच पनि सुरक्षाकर्मीबाट बल प्रयोग गरी शवको व्यवस्थापन गर्ने क्रममा स्थिति तनावपूर्ण भएको आयोगको अनुगमनबाट देखिएको छ । 

कुनै पनि व्यक्तिको मृत्युपश्चात् आफ्नो धर्म, संस्कृति तथा परम्पराअनुसार शवको अन्त्येष्टि गरिनुपर्ने अधिकारको राष्ट्रिय कानूनका साथै नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय कानूनले समेत प्रत्याभूति गरेको छ । सरकारले कोभिड–१९ बाट मृत्यु भएका व्यक्तिको सम्मानजनक रुपमा शव व्यवस्थापनका लागि कार्यविधिसमेत निर्माण गरी कार्यान्वयनमा ल्याइसकेको छ ।