२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पलायनको मनस्थितिमा रहेको नयाँ पुस्तालाई जागृत गर्न जरुरीः मन्त्री पाण्डे



अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले देशभित्रको निराशा चिर्दै नयाँ पुस्तालाई जागृत गर्न आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको ६८ औँ जन्मोत्सवको अवसरमा काठमाडौंमा काठमाडौंमा आयोजित कवि गोष्ठी तथा स्वास्थ्य शिविर कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले युवापुस्तामा देखिएको पलायनको मनस्थिति रोक्न जरुरी रहेको बताउनु भयो । ‘केही हुँदैन यो देशमा’ भन्ने भाष्यले युवा पुस्तामा निराशा थपिएको उल्लेख गर्दै मन्त्री पाण्डेले साहित्यको माध्इमबाट समेत उनीहरुमा जागरण ल्याउन जरुरी रहेको बताउनु भयो । उहाँले नेपालमा गृहयुद्ध वा वाह्य शत्रुताको खतरा नरहेको कारण कोही पनि निराश हुनुपर्ने आवश्यकता नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नयाँ पुस्तालाई अहिले जगाउनु एकदमै जरुरी छ । उनीहरु पलायन हुने मनस्थितिमा छन् । हामीले बडो निराश बनाएका छौँ । केही हुदैन यो देशमा भनिरहेका छौँ । यो निराशालाई चिर्ने कुरामा हामीले नयाँ पुस्तालाई जागृत गर्न जरुरी छ । हाम्रो देश ढलेको छैन, युद्धको चपेटामा परेर चौपट भएको छैन । कुनै गृह युद्ध छैन, कुनै देशसँग शत्रुता पनि छैन । खालि हामीले उनीहरुसँग डिल गर्न मात्रै जान्नुपर्यो । नहुने कुरा हुन सक्दैन भन्नुपर्यो र हुने कुरा हार्दिकतापूर्वक हुन्छ भन्नुप¥यो । संसारभरी हाम्रो शत्रु भन्ने कोही पनि छैन । हामीसँग धेरै सम्भावना पनि छन् । धार्मिक पर्यटन, सांस्कृतिक पर्यटन तथा प्राकृतिक पर्यटनका धेरै सम्भावनाहरु छन् । नेपालको भूगोल, जल र वन सम्पदाहरुको सदुपयोग गर्नको लागि समन्वयात्मक क्षमता वृद्धि गर्न जरुरी छ । यसको लागि राजनीतिक दल, राजनीतिज्ञ लगायतलाई जागृत गर्न यस्ता कवि गोष्ठीहरु महत्पूर्ण हुन्छन् ।’

मन्त्री पाण्डेले धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनका असिमित सम्भावना रहेको र तिनको समुचित सदुपयोग गर्न समन्वयात्मक क्षमताको विकास आवश्यक भएको बताउनु भयो ।