२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानमा दुई अर्ब ४० करोड डलर चिनियाँ लगानी



अ+ अ-

इस्लामाबादः पाकिस्तानको झेलम नदीमा ११२४ मेगावाट क्षमताको जलविद्युत परियोजना निर्माण गर्न चीन र पाकिस्तान सरकारबीच सम्झौता भएको छ । यो आयोजनाको कूल लागत २ अर्ब ४० करोड अमेरिकी डलर छ ।

इस्लामाबादमा प्रधानमन्त्री इमरान खानको उपस्थितिमा सम्झौता समारोह भएको थियो । उहाँले पाकिस्तानमा यो अहिलेसम्मकै सबैभन्दा ठूलो विदेशी लगानी रहेको बताउनुभएको थियो ।

उक्त आयोजना चीन–पाकिस्तान आर्थिक करिडोर (सिपेक) को एक अंशका रुपमा लिइएको छ ।

यो विशाल परियोजना निर्माणको जिम्मेवारी चीनको थ्री गर्जेज कर्पोरेसन (सीटीजीसी) मातहतको कोहला हाइड्रोपावर कम्पनी (केएचसीएल) लाई दिइएको छ ।