३० भाद्र २०८३, मंगलवार
,
Latest
उत्तरगयाका बाढीपीडितलाई पोखराबाट राहत, १६५ परिवारलाई प्रतिपरिवार ४० हजार बराबरका सामग्री भोटेकोशी बाढी : अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण मेलाबाट उठेको रकम पर्यटनमा लगानी भेरी अस्पतालमा शवगृह विस्तार गरिने कांग्रेसको किचलोः अब न फुट्ने न जुट्ने अवस्थामा गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनितिक स्तरोन्नति पोखरामा जग्गाको कित्ताकाट खुल्यो कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानमा दुई अर्ब ४० करोड डलर चिनियाँ लगानी



अ+ अ-

इस्लामाबादः पाकिस्तानको झेलम नदीमा ११२४ मेगावाट क्षमताको जलविद्युत परियोजना निर्माण गर्न चीन र पाकिस्तान सरकारबीच सम्झौता भएको छ । यो आयोजनाको कूल लागत २ अर्ब ४० करोड अमेरिकी डलर छ ।

इस्लामाबादमा प्रधानमन्त्री इमरान खानको उपस्थितिमा सम्झौता समारोह भएको थियो । उहाँले पाकिस्तानमा यो अहिलेसम्मकै सबैभन्दा ठूलो विदेशी लगानी रहेको बताउनुभएको थियो ।

उक्त आयोजना चीन–पाकिस्तान आर्थिक करिडोर (सिपेक) को एक अंशका रुपमा लिइएको छ ।

यो विशाल परियोजना निर्माणको जिम्मेवारी चीनको थ्री गर्जेज कर्पोरेसन (सीटीजीसी) मातहतको कोहला हाइड्रोपावर कम्पनी (केएचसीएल) लाई दिइएको छ ।