२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकल भारतीय नायिका, छाेरीहरूकाे लालनपालनमा अब्बल सावित हुँदै



अ+ अ-

बाबुआमा बन्नु र बालबच्चा हुर्काउनु त्यति सजिलो छैन । खासगरी आफ्ना पतिपत्नीको सम्बन्ध बिच्छेद गरेका वा अविबाहितका लागि त एक्लै बच्चाको लालनपालन गर्नुको बेग्लै अनुभव हुने गर्दछ । तर, बलिउडका केही हस्ती कलाकारले यो चुनौती आफ्नो निजी जीवनमा लिनु मात्र होइन निकै अनौठो कार्य गरेर सबैलाई उदाहरण प्रस्तुत गरेका छन् ।

बलिउडमा यस्तै दृढ र आत्मविश्वास महिलाहरु छन् जसले सफलतापूर्वक आफ्ना बालबच्चाको लालनपालन गर्नुका साथै आफ्ना बालबच्चामा अथाह ममता दर्शाएका छन् । अमृता सिंह–सारा अलि खानदेखि करिश्मा कपूर–समैरा देखि सुस्मिता सेन–अलिसाह र रिनीसम्मले सफल मातृत्वको उदाहरण प्रस्तुत गरेका छन् ।

अमृता सिंह–सारा अलि खान

सन् २००४ मा आफ्ना पति सइफ अलि खानसँग छुट्टिएपछि अभिनेत्री अमृता सिंहले आफ्ना दुई सन्तान सारा र इब्राहिक अलि खानको हेरचाह मात्र गरेकी छैनन् एक्लै सबै बन्दोबस्त गरिरहेकी छिन् ।

आज, सारा र इब्राहिम दुबै हुर्किसकेका छन् र दुबै स्टार बन्ने दौडमा छन् । बलिउडमा आफ्नो उपस्थिति जनाइसकेकी सारामा आफ्नी आमाको छायाँछवि राम्रैसँग प्रस्फूटित भएको छ । आमा–छोरीबीचको प्रेम सबैका लागि अनुकरणीय छ ।

नीना गुप्ता–मासाबा गुप्ता

बलिउडकी निकै प्रतिभाशाली अभिनेत्री नीना गुप्ताको वेस्ट इन्डिजका निकै लोकप्रिय क्रिकेट खेलाडी भिभियन रिचाड्ससँग प्रेममय जीवन बित्यो । उनीहरुबाट सन् १९८९ मा बच्चा जन्मियो जसको नाम मासाबा राखियो । मासाबा अहिले निकै लोकप्रिय फेसन डिजाइनर बनेकी छिन् । नीना र मासाबाबीच सुमधुर सम्बन्ध छ । छोरीको प्रगतिका हरेक पाइलामा नीना सधैं साथमा देखिने गर्छिन् ।

करिश्मा कपूर–समैरा

करिश्मा कपूर र सन्जय कपूरबीचको सम्बन्ध पनि टुट्यो । तर करिश्माले आफ्ना दुई सन्तान समैरा र कियान राजको पालनपोषण गरेकी छिन् । करिश्माले आफ्ना विवादास्पद पारपाचुकेलाई प्रतिष्ठाका रुपमा लिनु मात्र होइन, आफ्ना सन्तानको लालनपालन अति उत्कृष्ट र सुन्दर ढंगबाट गरिन् । आज, समैरा हुर्किसकेकी छिन् र आमाजस्तै सुन्दर छिन् । उनका छोरा कियान राज पनि हुर्कदै छन् । करिश्माले आफ्ना दुई सन्तानका तस्वीर र भिडियो बेलाबखत सामाजिक संजालमा राख्ने गरेकी छिन् ।

सुस्मिता सेन– रिनी र अलिशा

सुस्मिता सेन पनि बलिउडमा अनौठो कार्यले चर्चित छिन् । उनले कसैसँग बिबाह गरेकी पनि छैनन् र कसैसँग प्रेम सम्बन्धमा पनि छैनन्, तर उनले दुई बालिकालाई एडप्ट गरेकी छिन् । उनले ती दुबै बालिकालाई आफ्नै जसरी पालनपोषण गरिरहेकी छिन् । रिनी अहिले ठूली भइसकेकी छिन् र आमाजस्तै सुन्दर छिन् भने अलिशा अझै सानै छिन्, र उनी आफ्नी आमाकी आँखाकी नानीझैं छिन् । सुस्मितालाई आफ्ना दुई सन्तानसँग हरेक महत्वपूर्ण कार्यक्रममा देख्न सकिन्छ ।

पूजा बेदी–अल्या

दश वर्षदेखिको सम्बन्ध तोडेपछि पूजा बेदी र फरहान इब्राहिम अलग भए । पूजाले आफ्ना पिता कबिर बेदीको सहारा लिएर आफ्ना दुई सन्तान अल्या र ओमारलाई हुर्काइन् । अल्या अहिले ठूली भइसकेकी छिन् । उनले जनवरी २०२० मा रिलिज भएको ठूलै बलिउड चलचित्र “जवानी जानेमन” मा पहिलो काम पाइन् । पूजा र आल्याबीच आमा–छोरीको सम्बन्धमा कुनै कमी छैन । उनीहरु एक अर्कालाई आफ्नो सबैभन्दा मिल्ने साथीका रुपमा प्रस्तुत गर्छन् । एजेन्सी