२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी News Polar दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड News Polar कांग्रेस सहमहामन्त्रीमा नानू बाँस्तोलाको उम्मेदवारी News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी News Polar चिरिबाबु महर्जनद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी दिएको हुँ : महालक्ष्मी उपाध्याय ‘डिना’ News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो

एकल भारतीय नायिका, छाेरीहरूकाे लालनपालनमा अब्बल सावित हुँदै

एकल भारतीय नायिका, छाेरीहरूकाे लालनपालनमा अब्बल सावित हुँदै
अ अ+ अ-

बाबुआमा बन्नु र बालबच्चा हुर्काउनु त्यति सजिलो छैन । खासगरी आफ्ना पतिपत्नीको सम्बन्ध बिच्छेद गरेका वा अविबाहितका लागि त एक्लै बच्चाको लालनपालन गर्नुको बेग्लै अनुभव हुने गर्दछ । तर, बलिउडका केही हस्ती कलाकारले यो चुनौती आफ्नो निजी जीवनमा लिनु मात्र होइन निकै अनौठो कार्य गरेर सबैलाई उदाहरण प्रस्तुत गरेका छन् ।

बलिउडमा यस्तै दृढ र आत्मविश्वास महिलाहरु छन् जसले सफलतापूर्वक आफ्ना बालबच्चाको लालनपालन गर्नुका साथै आफ्ना बालबच्चामा अथाह ममता दर्शाएका छन् । अमृता सिंह–सारा अलि खानदेखि करिश्मा कपूर–समैरा देखि सुस्मिता सेन–अलिसाह र रिनीसम्मले सफल मातृत्वको उदाहरण प्रस्तुत गरेका छन् ।

अमृता सिंह–सारा अलि खान

सन् २००४ मा आफ्ना पति सइफ अलि खानसँग छुट्टिएपछि अभिनेत्री अमृता सिंहले आफ्ना दुई सन्तान सारा र इब्राहिक अलि खानको हेरचाह मात्र गरेकी छैनन् एक्लै सबै बन्दोबस्त गरिरहेकी छिन् ।

आज, सारा र इब्राहिम दुबै हुर्किसकेका छन् र दुबै स्टार बन्ने दौडमा छन् । बलिउडमा आफ्नो उपस्थिति जनाइसकेकी सारामा आफ्नी आमाको छायाँछवि राम्रैसँग प्रस्फूटित भएको छ । आमा–छोरीबीचको प्रेम सबैका लागि अनुकरणीय छ ।

नीना गुप्ता–मासाबा गुप्ता

बलिउडकी निकै प्रतिभाशाली अभिनेत्री नीना गुप्ताको वेस्ट इन्डिजका निकै लोकप्रिय क्रिकेट खेलाडी भिभियन रिचाड्ससँग प्रेममय जीवन बित्यो । उनीहरुबाट सन् १९८९ मा बच्चा जन्मियो जसको नाम मासाबा राखियो । मासाबा अहिले निकै लोकप्रिय फेसन डिजाइनर बनेकी छिन् । नीना र मासाबाबीच सुमधुर सम्बन्ध छ । छोरीको प्रगतिका हरेक पाइलामा नीना सधैं साथमा देखिने गर्छिन् ।

करिश्मा कपूर–समैरा

करिश्मा कपूर र सन्जय कपूरबीचको सम्बन्ध पनि टुट्यो । तर करिश्माले आफ्ना दुई सन्तान समैरा र कियान राजको पालनपोषण गरेकी छिन् । करिश्माले आफ्ना विवादास्पद पारपाचुकेलाई प्रतिष्ठाका रुपमा लिनु मात्र होइन, आफ्ना सन्तानको लालनपालन अति उत्कृष्ट र सुन्दर ढंगबाट गरिन् । आज, समैरा हुर्किसकेकी छिन् र आमाजस्तै सुन्दर छिन् । उनका छोरा कियान राज पनि हुर्कदै छन् । करिश्माले आफ्ना दुई सन्तानका तस्वीर र भिडियो बेलाबखत सामाजिक संजालमा राख्ने गरेकी छिन् ।

सुस्मिता सेन– रिनी र अलिशा

सुस्मिता सेन पनि बलिउडमा अनौठो कार्यले चर्चित छिन् । उनले कसैसँग बिबाह गरेकी पनि छैनन् र कसैसँग प्रेम सम्बन्धमा पनि छैनन्, तर उनले दुई बालिकालाई एडप्ट गरेकी छिन् । उनले ती दुबै बालिकालाई आफ्नै जसरी पालनपोषण गरिरहेकी छिन् । रिनी अहिले ठूली भइसकेकी छिन् र आमाजस्तै सुन्दर छिन् भने अलिशा अझै सानै छिन्, र उनी आफ्नी आमाकी आँखाकी नानीझैं छिन् । सुस्मितालाई आफ्ना दुई सन्तानसँग हरेक महत्वपूर्ण कार्यक्रममा देख्न सकिन्छ ।

पूजा बेदी–अल्या

दश वर्षदेखिको सम्बन्ध तोडेपछि पूजा बेदी र फरहान इब्राहिम अलग भए । पूजाले आफ्ना पिता कबिर बेदीको सहारा लिएर आफ्ना दुई सन्तान अल्या र ओमारलाई हुर्काइन् । अल्या अहिले ठूली भइसकेकी छिन् । उनले जनवरी २०२० मा रिलिज भएको ठूलै बलिउड चलचित्र “जवानी जानेमन” मा पहिलो काम पाइन् । पूजा र आल्याबीच आमा–छोरीको सम्बन्धमा कुनै कमी छैन । उनीहरु एक अर्कालाई आफ्नो सबैभन्दा मिल्ने साथीका रुपमा प्रस्तुत गर्छन् । एजेन्सी