२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी News Polar दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड News Polar कांग्रेस सहमहामन्त्रीमा नानू बाँस्तोलाको उम्मेदवारी News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी News Polar चिरिबाबु महर्जनद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी दिएको हुँ : महालक्ष्मी उपाध्याय ‘डिना’ News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो

गण्डकी प्रदेशमा ३२ सङ्क्रमित थपिए, ८३८ पुगे

गण्डकी प्रदेशमा ३२ सङ्क्रमित थपिए, ८३८ पुगे
अ अ+ अ-

कास्की । गण्डकी प्रदेशमा आज ३२ जना कोरोना सङ्क्रमित थपिएसँगै कूल सङ्क्रमितको सङ्ख्या ८३८ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान विज्ञप्ति जारी गरी स्याङ्जामा २२, बागलुङमा आठ तथा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा दुई जनामा सङ्क्रणमण पुष्टि भएको जनाएको छ । सङ्क्रमितमध्ये छ जना महिला छन् । 

बागलुङको काठेखोला गाउँपालिकामा सात र ढोरपाटन नगरपालिकामा एक जना छन् । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा १३ पुरुष र छ महिला, पुतलीबजारमा एक तथा वालिङमा एक जनामा सङ्क्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण एवं व्यवस्थापन उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

त्यसैगरी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा दुई जना रहेका छन् । हुप्सेकोट र वालिङ नगरपालिकाका सङ्क्रमित व्यक्ति आइसोलेसन कक्षमा बसिसक्नुभएको तथा अन्य पालिकाका सबै व्यक्तिलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयाारी भइरहेको निर्देशक शर्माले जानकारी दिनुभयो ।

प्रदेश क्षयरोग केन्द्र पोखरा, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ सङ्क्रमण पुष्टि भएको बताइन्छ । प्रदेशमा हालसम्म बागलुङमा १५१, स्याङ्जामा १५८, नवलपरासीमा २१२, पर्वतमा ७२, मुस्ताङमा एक, कास्कीमा ३६, मनाङमा एक, लमजुङमा २३, गोरखामा ८२ र तनहुँमा १०२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
 
त्यसैगरी अहिलेसम्म विभिन्न अस्पतालमा उपचारपछि ११८ जना निको भएर घर फर्किएको निर्देशनालयले जनाएको छ । सङ्क्रमित दुई जनाको भने मृत्यु भएको छ । प्रदेशमा नौ हजार ४५८ जनाको पिअिआर विधिबाट कोरोना परीक्षणका लागि नमूना सङ्कलन गरिएकामा सात हजार ९५८ जनामा सङ्क्रमण नदेखिएको र ८०० जनाको नतिजा आउन बाँकी रहेको प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख नवराज शर्माले जानकारी दिनुभयो ।