२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा म्यानमारलाई ३५ करोड डलरको आपतकालीन कोष उपलब्ध गराउने



अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोषले म्यानमारलाई कोभिड–१९ महामारीका कारण सिर्जना भएको आर्थिक सङ्कटलाई व्यवस्थापन गर्न ३५ करोड ६० लाख ५० हजार अमेरिकी डलरको ऋण सहायता उपलब्ध गराउने भएको शुक्रबार जानकारी गराइएको छ ।

दक्षिणपूर्वी एशियाली मुलुक म्यानमारमा कोरोनाभाइरसको महामारीका कारण अर्थतनत्रमा परेको प्रभावसँग जुझ्नका लागि उक्त ऋण सहयोग गरिएको कोषले जानकारी गराएको छ ।

“म्यानमारमा कोरोनाभाइरस महामारीका कारण पर्यटन व्यवसाय तथा विप्रेषणबाट हुने आम्दानीमा व्यापक गिरावट भएको जसका कारण आपूर्तिको श्रृङ्खला नै अवरूद्ध हुने अवस्थालाई मध्यनजर गर्दै ऋण सहयोगको व्यवस्था गरिएका हो,” अन्तर्राष्ट्रिय मुद्रा कोषका उप–महानिर्देशक मित्सुहिरो फुरूसावाले एक विज्ञप्तिमार्फत् जानकारी गराउनुभएको छ ।

कोषले महामारीबाट प्रभावित बनेको म्यानमारको अतिआवश्यक क्षेत्रको वित्तीय आवश्यकतालाई सम्बोधन गर्ने तथा विकास साझेदारहरूलाई सहयोगमा भूमिका खेल्ने बताइएको छ ।