३१ भाद्र २०८३, बुधबार
,
Latest
सरकार र पार्टीको काम बाँडफाँड भएको छ, डुप्लिकेसन आवश्यक छैनः रवि लामिछाने सत्तारुढ दलका सांसदले प्रधानमन्त्रीलाई सोधे–योग्यता, क्षमाता र विज्ञता नागरिक प्रशस्तै छन्, राजदुत नियुक्ति किन रोकियो… जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेलाई तत्काल न्याय दिन सरकारसँग सांसद खतिवडाको माग राप्रपा वागमती प्रदेशका सांसदहरुको अध्यक्ष लिङदेनलाई चुनौती– ‘विक्री भएको प्रमाण २४ घण्टाभित्र पेश गर्नुस्’ शिक्षा समितिले भोटेकोशी बाढी प्रभावित क्षेत्रका होल्डिङ सेन्टर अनुगमन गर्ने बाढीपहिरोको उद्धार र पुनर्निर्माण अनुगमन गर्न एक हप्ताभित्र संसदीय विशेष समिति गठन हुने विपद्का विषयमा प्रधानमन्त्रीले दल र विज्ञसँग संवाद गरी राष्ट्रिय धारणा बनाउनुपर्छ : माधव नेपाल विपद् व्यवस्थापनमा सिंहदरबारको हस्तक्षेप घटाएर स्थानीय तहलाई अधिकार दिनुपर्छः अध्यक्ष राउत स्वास्थ्य बीमा प्रभावकारी नहुँदा सर्वसाधारणले हैरानी खेप्नुपरेको सांसद शर्माको आरोप ईभी दुर्घटना बढेको भन्दै ‘ईभी सेफ्टी एजुकेसन’ कार्यक्रम सञ्चालन गर्न सांसद बमको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा स्थायी कमिटी बैठक १६ गतेसम्म स्थगित



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक सीमा विवाद सम्बन्धि छलफल नसकी असार १६ गते सम्मका लागि स्थगित भएको छ ।  

असार १४ गते मदन जयन्ती र १५ गते धान दिवस परेकाले बैठक १६ गतेसम्मका लागि स्थगित गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । बुधबारबाट सुरु भएको बैठकमा शुक्रबार र शनिबार दुई सीमा विवाद सम्बन्धि छलफल चलेको थियो । सीमा अतिक्रमण र गुमेको भूमि कसरी फिर्ता गर्ने भन्ने विषयमा स्थायी समिति सदस्यहरुले आफ्नो धारणा राखेका थिए । शनिबार २१ जनाले आफ्नो विचार राखेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । 

नेपालको गुमेको भूमिसहितको नक्सा प्रकाशन गरी त्यसलाई संविधानको अनुसूचीमा राख्न संशोधन मार्फत सार्वभौमिकता र भूमि रक्षाका लागि ऐतिहासिक पहल भएको नेताहरुले बताएका थिए । भूमि फिर्ताका लागि समेत संविधान संशोधनमा जस्तै राष्ट्रिय एकताका साथ अगाडी बढ्नुपर्ने धारणा स्थायी समिति सदस्यहरुले राखेका थिए । शनिबार देवेन्द्र पौडेल, सुरेन्द पाण्डे, सुवास नेम्वाङ, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र रघुजी पन्तले आफ्नो धारणा राखेका थिए । यस्तै टोप बहादुर रायमाभी, सत्यनारायण मण्डल, युवराज ज्ञवाली, लेखराज भट्ट, नन्द कुमार प्रसाई, प्रदीप ज्ञवाली मणी थापा, घनश्याम भूसाल, शक्ति बस्नेत, बामदेव गौतम, योगेश भट्टराई, पृथ्वी सुब्बा गुरुङ, इश्वर पोखरेल, विष्णु पुकार श्रेष्ठ र पुष्प कडेलले पनि शनिबारको बैठकमा आफ्नो धारणा राखेका थिए । 

शुक्रबारको बैठकमा उनुपस्थित हुनुभएका प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली आजको बैठकमा केही समय सहभागि हुनुभएको थियो । साढे ११ बजेबाट सुरु भएको बैठकमा ओली करिब आधा घण्टा बस्नुभएको थियो । प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओली आफ्नो स्वास्थ्य अवस्था अनुकुल नभएको जानकारी गराउँदै बैठकबाट बाहिरिनु भएको थियो । 




भर्खरै