५ श्रावण २०८३, मंगलवार
,
Latest
उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले नेतृत्वको सामर्थ्यमा प्रश्न छैन तर कार्यकर्तामा उत्साहको कमी देखिन्छः अर्थमन्त्री पौडेल



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीभित्र देखिएका सबै समस्याहरु समाधानयोग्य रहेको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री समेत रहनुभएका उपाध्यक्ष पौडेलले यस्तो बताउनुभएको हो ।

पार्टीको एकता जोगाउँदै राष्ट्रिय राजनीतिमा एमालेको भुमिका अझ प्रभावकारी बनाउन सक्ने सामथ्र्य पार्टी नेतृत्वसँग रहेको उहाँको दाबी छ । उहाँले पार्टी नेतृत्वको काबुभन्दा बाहिर कुनैपनि समस्या नरहेको उल्लेख गर्दै पार्टीभित्रका समस्या समाधान गर्नसक्ने क्षमता आफूहरूसँग रहेको दोहो¥याउनु भयो । उहाँले कार्यकर्ता तहमा सक्रियता र उत्साहमा कमी आएकोप्रति चिन्ता व्यक्त गर्दै थप छलफलको आवश्यकता रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज नेकपा एमालेमा हाम्रो काबुभन्दा बाहिर, हामीले समाधान गर्न नसक्ने कुनै समस्या छ जस्तो लाग्दैन । समस्याहरु छन् तर ति सबै हाम्रो काबुभित्र छन्, समाधान गर्नसक्ने तहभित्रै छन् । अहिलेको पार्टीको नेतृत्वले पार्टीमा देखिएका कुनैपनि समस्याको समाधान गर्नसक्छ । र पार्टीको एकता सुरक्षित गर्दै राष्ट्रिय राजनीतिमा पार्टीको भुमिकालाई अझै प्रभावकारी बनाउँदै अगाडि बढ्नसक्छ भन्ने कुरामा हाम्रा सबै नेता कार्यकर्ताहरुले विश्वास गर्नुपर्छ । र त्यो सामथ्र्य हामीसँग छ भन्ने विश्वास समेत छ । अहिले हाम्रो पँक्तिमा अलिकति त्यो गति, उत्साह, उर्जा कम देखिएको छ । एक समय थियो जतिबेला पार्टीले आह्वान गर्ने बित्तिकै हजारौँ लाखौँ मान्छे सडकमा उत्रिन्थे । अहिले थोरै मान्छे जुटाउन पनि निकै मेहेनत गर्नुपर्ने स्थिति सिर्जना भएको छ, किन ? अहिले पार्टी र पार्टी कार्यकर्तामा किन शिथिलताको स्थिति बन्यो भन्ने कुरा अलिकति छलफल र चिन्ताको विषय हो ।’

उहाँले पार्टी नेतृत्वको सवालमा ठूला विवाद उत्पन्न नहुने विश्वास व्यक्त गर्दै उनले पार्टीका आन्तरिक समस्याको समुचित मूल््याङ्कन गरेर निष्कर्षमा पुग्नुपर्ने बताउनु भयो ।