१९ माघ २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाबाट पाँच लाख बढीकाे मृत्यु



अ+ अ-

विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५ लाख नाघेको छ । आइतबार बिहानसम्म मृत्यु हुनेको संख्या ५ लाख ६०८ पुगेको छ । यस्तै विश्वमा कोरोना संक्रमतिको संख्या एक करोड पुगेको छ।​ वोर्ल्डोमिटरको पछिल्लो अपडेट अनुसार विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ७३ हजार ८१४ पुगेको हो । त्यसैगरी कोरोनाबाट अहिलेसम्म सबै भन्दा बढी अमेरिकामा २५ लाख ९६ हजार ३६४ जना संक्रमित भएका छन् भने त्यहाँ एक लाख २८ हजार १५२ जनाको मृत्यु भएको छ ।

अमेरिकापछि सबैभन्दा बढी ब्राजिल प्रभावित भएको छ । ब्राजिलमा अहिलेसम्म १३ लाख १५ हजार ९४१ जना संक्रमित भएका छन् भने ५७ हजार १०३ को मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा ७ लाख १५ हजार ९०५ जना ठिक भएका छन् । रसियामा अहिलेसम्म ६ लाख २७ हजार ६४६ जना संक्रमित भएका छन् भने ८ हजार ९६९ जनाको मृत्यु भएको छ । रसियामा अहिलेसम्म ३ लाख ९३ हजार ३५२ जना ठिक भएका छन् ।

छिमेकी मुलुक भारतमा ५ लाख २९ हजार ५७७ जना संक्रमित भएका छन् भने १६ हजार १०३ जनाको मृत्यु भएको छ । त्यस्तै भारतमा ३ लाख १० हजार १४६ जना ठिक भएका छन् । त्यस्तै विश्वभर कोरोनाबाट ठिक हुनेको संख्या ५४ लाख ५१ हजार ९८४ रहेको छ । सौर्य दैनिक