२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पोखरा बस दुर्घटनाका घाइतेमध्ये एक जनाको आईसीयूमा उपचार News Polar कोरलानाकाबाट ५४३ टन फलफूल आयात News Polar युवा शक्तिलाई नवप्रवर्तन र उद्यमशीलतामा जोड्ने सरकारको लक्ष्य : सञ्चारमन्त्री तिमिल्सिना News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar ‘नयाँ बसपार्कको यथार्थ–उत्साह, अनिश्चितता र डिजिटल युगमा ‘नगद मात्र’ को सास्ती’ News Polar २ महिनाका लागि ७० अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक News Polar कांग्रेसको १५औँ महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो News Polar राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु News Polar भोटेकोशीमा ज्यान गुमाएकाको मुक्तिको कामनासहित पाठपारायण News Polar सिनालोआको जेलमा दङ्गा, १० जनाको मृत्यु News Polar मध्यावधि चुनावअघि इरानमा आक्रमण नगर्ने ट्रम्पको घोषणा News Polar अझै बेचैन छन्–बाढीले खोसेका राष्ट्रसेवकका परिवार News Polar उखु किसानलाई डेढ अर्ब रुपैयाँभन्दा बढी अनुदान वितरण गरिने News Polar पोखरामा स्कुल बस दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो News Polar चाडपर्व लक्षित सुरक्षा कडा, पोखराका नाकामा तालिमप्राप्त कुकुरसहित जाँच News Polar कांग्रेस सभापतिका उम्मेदवार गगन थापाद्वारा मतदातासँग मत माग्दै, स्वेच्छाले मतदान गर्न आग्रह News Polar पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते News Polar शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म News Polar कांग्रेसको १५ औँ महाधिवेशन: ३ बजेसम्म मतदान, आजै मतगणता थाल्ने News Polar ‘लमजुङ दरबार’सँगै बाँचेको माया

स्याङ्जाको आँधि खोलामा आफ्ना नेतामाथि भएको आक्रमणको रास्वपाद्वारा निन्दा

स्याङ्जाको आँधि खोलामा आफ्ना नेतामाथि भएको आक्रमणको रास्वपाद्वारा निन्दा
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्याङ्जामा दुई केन्द्रीय नेतामाथि हिजो भएको आक्रमणको निन्दा गरेको छ ।

रास्वपाले विज्ञप्ति जारी गर्दै आक्रमणको घोर निन्दा गरेको हो । ‘देशमा विद्यमान लुटतन्त्रको अन्त्य गर्न गरिएको अभियानप्रति देखिएको डरकै कारण यस्तो आपराधिक हमला गरिएको हो,’ विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘रास्वपा यस्ता हिंसात्मक कार्यको कडा शब्दमा विरोध गर्दछ ।’

रास्वपाले दोषीलाई तत्काल पक्राउ गरी कानूनअनुसारको कडा कारबाहीको माग गरेको छ । कार्यवाहक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यस प्रकारको आक्रमणले हाम्रो सुशासन र लुटतन्त्रविरुद्धको अभियानलाई कतैबाट विचलित पार्दैन। यस अभियानमा हामी अझ सशक्त भएर अघि बढ्नेछौं ।”

आँधिखोला नदीमा भइरहेको चरम प्राकृतिक दोहन रोक्न तथा सम्भावित प्राकृतिक विपद् नियन्त्रणको माग राख्दै आवाज रास्वपा का दुई केन्द्रीय नेतामाथि आक्रमण भएको थियो ।

रास्वपाका केन्द्रीय सदस्य तथा अभियन्ता मेघ आले र केन्द्रीय नेतृत्व क्षमता विकास विभागका सदस्य दिनकर नेपालमाथि वालिङ नगरपालिका वडा नं. १० का नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालले रड प्रहार गरी आक्रमण गरेको हो ।

वडाध्यक्ष खनालले बाटोमै रोकेर दुव्र्यवहार गर्दै उनीहरूलाई रड प्रहार गरेका थिए । आक्रमणमा परेका दिनकर नेपाल गम्भीर घाइते भएका छन् ।

उनले लगाएको हेलमेट फुटेको छ भने उनलाई बचाउने क्रममा दाहिने हातमा गम्भीर चोट लागेको, फ्याक्चरसमेत भएको र पोखरास्थित अस्पतालमा सिटि स्क्यानका लागि लैजाने क्रममा रहेको जानकारी प्राप्त भएको रास्वपाले जनाएको छ ।