१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेट, के भयो कुरा ?



फोटोः फाइल
अ+ अ-

काठमाडौं । नेकपा एमालेको आगामी नेतृत्वका लागि प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच चर्को प्रतिस्पर्धा सुरु भएको चर्चा चलिरहेका बेला दुई जनाबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओलीलाई भेट्न भण्डारी मंगलबार साँझ बालुवाटार पुग्नुभएको थियो । भेटमा दुई नेताबीच सौहार्दपूर्ण वातावरणमा छलफल भएको बताइएको छ ।

पछिल्लो समय प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीचको सम्बन्धमा तिक्तता आएको टीका टिप्पणी भइरहेका बेला भएको भेटलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

दुई जना नेताबीच भएको भेटमा एमालेका एक जना पदाधिकारीसमेत सहभागी रहेको स्रोतले जनाएको छ ।

पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच पछिल्लो राजनीतिक अवस्था र भावी रणनीतिका विषयमा छलफल भएको बताइएको छ ।

उहाँहरुले एमालेभित्र विवाद चर्किएको भन्दै बाहिर सार्वजनिक भएका विषयमा पनि छलफल भएको थियो । तर दुवै नेताहरुले बाहिर सार्वजनिक भइरहेका विषय जस्तो अवस्था नरहेको बताएका छन् ।

त्यस्तै उनीहरूबीच समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको थियो । भेटमा पूर्वराष्ट्रपति भण्डारीले हालै भएको आफ्नो चीन भ्रमणका बारेमा पनि प्रधानमन्त्री ओलीलाई जानकारी गराउनुभएको थियो ।

पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउने चर्चा चलिरहेका बेला एमाले पार्टीभित्रै त्यसबारे विभिन्न कोणबाट टीकाटिप्पणी भइरहेका छन् । टीका टिप्पणीबीच भएको उनीहरूको भेटवार्तालाई सकारात्मक रूपमा लिनुपर्ने एमालेका नेताहरुले बताएका छन् ।