२० मंसिर २०८२, शनिबार
,
Latest
निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार दिलभूषण पाठकलाई प्रहरी कार्यालयमा उपस्थित हुन साइबर ब्यूरोको आग्रह



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले पत्रकार दिलभूषण पाठकलाई प्रहरी कार्यालयमा उपस्थित हुन सूचना जारी गरेको छ । साइबर ब्यूरोले विद्युतीय कारोबार ऐनअन्तर्गत अदालतमा मुद्दा दायर गरेर पाठकलाई पक्राउ पूर्जी लिएको थियो ।

ब्यूरोले आज जारी गरेको सूचनामा भनिएको छ– ‘पक्राउ अनुमति प्राप्त भएको हुँदा यथाशीघ्र यस ब्यूरो वा नजिकको प्रहरी कार्यालयमा उपस्थित भइ अनुसन्धान कार्यमा सहयोग पुर्‍याइदिनु हुन अनुरोध गरिएको छ ।’

उच्च अदालत पाटनले पत्रकार पाठकलाई तत्काल पक्राउ नगर्न सोमबार अन्तरिम आदेश दिएको थियो । न्यायाधीश ऋषि राजभण्डारीको एकल इजलासले पाठकको निषेधाज्ञा निवेदनमाथि सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

आफूविरुद्ध जारी पक्राउ पुर्जी गलत कानुन लगाई र गलत नियतका साथ जारी भएको भन्दै पाठकले दिएको रिट निवेदनमा सुनुवाइ गर्दै अदालतले अल्पकालीन अन्तरिम जारी गरेको थियो ।

अदालतले दुवै पक्षलाई छलफलका लागि असार ५ गते बोलाएको छ । सोही दिन अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्ने निर्णय हुने छ । तर प्रहरीले आजै सूचना जारी गरेर पाठकलाई प्रहरी कार्यालयमा उपस्थित हुन आग्रह गरेको हो ।