२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक अवरुद्ध



अ+ अ-

पाल्पा । अविरल वर्षाका कारण सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्र नजीकै पहिरो खस्दा आज सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गको पाल्पा–बुटबल सडकखण्डको तिनाउ गाउँपालिका– ३ सिद्धबाबा नजीकै पहिरो खस्दा सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए । 

अविरल वर्षा भइरहेकाले पहिरो हटाउन नसकिएकोे जनाइएको छ । यसैबीच तानसेन –रामपुर सडकखण्डको चापगैरामा पनि सडक अवरुद्ध भएको छ । पूर्वखोला गाउँपालिका– १ चापगैरामा पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।

वर्षा भइरहेको र ढुङ्गा झरिरहेकाले पहिरो हटाउन नसकिएको प्रनाउ गिरीले बताउनुभयो । पहिराबारे यात्रु तथा चालकलाई जानकारी नहुँदा उनीहरु बीच बाटामा  नै अलपत्र परेका छन् ।