२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पोखरा बस दुर्घटनाका घाइतेमध्ये एक जनाको आईसीयूमा उपचार News Polar कोरलानाकाबाट ५४३ टन फलफूल आयात News Polar युवा शक्तिलाई नवप्रवर्तन र उद्यमशीलतामा जोड्ने सरकारको लक्ष्य : सञ्चारमन्त्री तिमिल्सिना News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar ‘नयाँ बसपार्कको यथार्थ–उत्साह, अनिश्चितता र डिजिटल युगमा ‘नगद मात्र’ को सास्ती’ News Polar २ महिनाका लागि ७० अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक News Polar कांग्रेसको १५औँ महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो News Polar राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु News Polar भोटेकोशीमा ज्यान गुमाएकाको मुक्तिको कामनासहित पाठपारायण News Polar सिनालोआको जेलमा दङ्गा, १० जनाको मृत्यु News Polar मध्यावधि चुनावअघि इरानमा आक्रमण नगर्ने ट्रम्पको घोषणा News Polar अझै बेचैन छन्–बाढीले खोसेका राष्ट्रसेवकका परिवार News Polar उखु किसानलाई डेढ अर्ब रुपैयाँभन्दा बढी अनुदान वितरण गरिने News Polar पोखरामा स्कुल बस दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो News Polar चाडपर्व लक्षित सुरक्षा कडा, पोखराका नाकामा तालिमप्राप्त कुकुरसहित जाँच News Polar कांग्रेस सभापतिका उम्मेदवार गगन थापाद्वारा मतदातासँग मत माग्दै, स्वेच्छाले मतदान गर्न आग्रह News Polar पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते News Polar शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म News Polar कांग्रेसको १५ औँ महाधिवेशन: ३ बजेसम्म मतदान, आजै मतगणता थाल्ने News Polar ‘लमजुङ दरबार’सँगै बाँचेको माया

कर्मचारीहरूप्रति ऊर्जा मन्त्री खड्काको कटाक्षः कामप्रति गम्भीर नहुने प्रवृत्तिले देश कहाँ पुग्छ ?

कर्मचारीहरूप्रति ऊर्जा मन्त्री खड्काको कटाक्षः कामप्रति गम्भीर नहुने प्रवृत्तिले देश कहाँ पुग्छ ?
अ अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले कर्मचारीहरूको कार्यशैलीप्रति कडा आलोचना गर्नुभएको छ । मङ्गलवार मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आलोचना गर्नुभएको हो । उहाँले गर्दै कर्मचारीको कामप्रति समर्पण नदेखिने प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो । मन्त्री खड्काले समयमै सुधार नगरे हालको ढिलासुस्तीले देशलाई जटिल मोडमा पु¥याउने चेतावनी दिनुभयो ।

उहाँले व्यक्तिगत जिम्मेवारीबारे आत्म समीक्षा गर्न पनि कर्मचारीहरूलाई सुझाव दिनुभयो । मन्त्री खड्काले विदेश भ्रमण, रिफ्रेसमेन्ट र औपचारिकतामा समय खर्चिए पनि कार्यसम्पादनको सन्दर्भमा खासै प्रगति नदेखिएको गुनासो गर्नुभयो । उहाँले काममा प्रतिवद्धता, परिणाममुखी सोच र स्वाभिमानी जिम्मेवारी निर्वाह गर्न कर्मचारीहरूलाई आग्रह समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, “तपाईँहरू लामो समयदेखि यहीँ काम गरेको कर्मचारी साथीहरू हुनुहुन्छ । यस्ता बजेट र खर्चहरू तपाईँहरूले पटक पटक हेरिसक्नुभयो । सुधार गर्ने ठाउँमा तपाईँहरू हुनुहुन्छ । तपाईँको जिम्मेवारीप्रति प्रश्न गरिराख्नुपर्ने कत्तिको मजाकको कुरा होला । आफैले आफैँलाई बेलुका यसो सुतेर मेरो मातहतमा के भयो भनेर सम्झिनुभयो भने के भन्नुहुन्छ, आफैँलाई ? यस्तो खालको अवस्थाले देशलाई कहाँ पु¥याउँछ ? आफ्नो काम के हो ? आफ्नो लगाव के हो ? उपलब्धि कसरी हासिल गर्ने भन्ने कुरामा ध्यान नदिने अनि भन्न पनि अप्ठ्यारो क्या । विदेश जाने भनेपछि आज आइहाले पनि भोलिपल्टै भए गइहाल्ने जस्तो छ, रिफ्रेसमेन्टमा हामी हिँडिरहने प्रगति चाहिँ नहुने । एक दुई जनाले मरेर काम गरिराखे पनि प्रगतिको हिसाबले एउटै डाँलोमा पर्ने, म पनि यहीँ डाँलोमा पर्ने भए, सचिवहरू पनि यहीँ डाँलोमा पर्ने, यो काँनिरको ल्यापसेस हो त हो ? के सुधार गर्नुपर्ने भो ? यसरी हामी कहाँ पुग्छौँ त ? यो गम्भीर प्रश्न छ ।”  

उहाँले चालु आर्थिक वर्षको ११ महिना वितिसक्दा पनि मन्त्रालय र मातहतका निकायबाट चित्तबुझ्दो काम हुन नसकेको बताउनुभयो । उहाँले प्रतिवद्धता र लक्ष्य अनुरूप कार्यसम्पादन हुन नसक्नु पनि चिन्ताको विषय भएको जिकिर गर्नुभयो ।