२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी News Polar दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड News Polar कांग्रेस सहमहामन्त्रीमा नानू बाँस्तोलाको उम्मेदवारी News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी News Polar चिरिबाबु महर्जनद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी दिएको हुँ : महालक्ष्मी उपाध्याय ‘डिना’ News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो

रोल्पाको जलजला पर्यटन मार्ग अलपत्र

रोल्पाको जलजला पर्यटन मार्ग अलपत्र
अ अ+ अ-

रोल्पा । निर्माण व्यवसायीको लापरवाहीका कारण रोल्पाको एउटा सडक अलपत्र  परेको छ । जिल्ला सदरमुकामदेखि पर्यटकीय क्षेत्र जलजला जोड्नका लागि निर्माण आरम्भ गरिएको उक्त सडक निर्माणको काम वर्षौैँ बित्दा पनि सकिएको छैन । 
 
जलजला पर्यटन मार्ग  निर्माण गर्ने  जिम्मा रौताह हरिहर निर्माण सेवाले लिएको थियो । रोल्पा नगरपालिका वडा नं ४ का केही भाग र वडा नं १० का अधिकांश भाग छोएर जाने उक्त सडक तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको रोल्पा– १० का वडाध्यक्ष मानबहादुर  खत्रीले जानकारी दिनुभयो  । पच्चीस किलोमिटर लामो उक्त  सडकको हालसम्म पैँतालीस प्रतिशत काम मात्र भएको बताइएको छ ।

  उक्त सडक योजना रौताहा हरिहर निर्माण  सेवाले करीब रु २१ करोडमा सम्पन्न  गर्ने  गरी बोलकबोल गरेको थियो । सो निर्माण कम्पनीले दोस्रो निर्माण कम्पनीलाई  हस्तान्तरण गरेको  थियो । दोस्रो निर्माण कम्पनीले समेत तेस्रो निर्माण कम्पनीलाई उक्त सडक निर्माणको जिम्मा दिएको थियो । 

मूल निर्माण सेवासँग पेटीमा काम गर्ने गरी जिम्मा लिएका खटकबहादुर खत्रीले आफूहरुले काम गरेको रकम भुक्तानी नपाउँदा यस्तो समस्या सिर्जना भएको बताउनुभयो । समस्या  समाधानका लागि स्थानीय प्रशासनलगायत  विभिन्न निकायमा हारगुहार माग्दासमेत न्याय नपाएपछि निर्माणले गति लिन नसकेको खत्रीले स्वीकार्नुभयो ।   ‘निर्माण गरिएका संरचना पनि गुणस्तरीय छैनन्’, रोल्पा  –१० का मोतीलाल  डाँगीले  भन्नुभयो । मेसिनरी वालको जग  कमसल हुनाका साथै मापदण्ड विपरीत प्रयोग गरिएका निर्माण सामग्रीले ठाउँठाउँमा पहिरो गएको डाँगीको भनाइ छ । निर्माण कम्पनीको लापरवाही र सरकारी निकायको फितलो अनुगमनले यस्तो समस्या आएको डाँगीको आरोप छ । 

आर्थिक वर्ष २०७७÷०७८  असोजमा कार्य सम्पन्न गर्ने गरी सम्झौता भए पनि कोभिड –१९ का कारण भएको बन्दाबन्दीले चालु आवमा काम हुन नसकेको बताइएको छ । चालु आवका लागि प्रस्तावित  करीब रु चार करोड  रकम फ्रीज हुने देखिएको स्थानीयवासीको भनाइ छ । कोभिड –१९ को विश्वव्यापी महामारीले निर्माणमा समेत प्रभाव पारेको हुँदा केही समय आयोजनाको म्याद  थप गर्नका लागि सम्बन्धित निकायमा अनुरोध गरिएको  रोल्पा–१० का वडाध्यक्ष खत्रीले भन्नुभयो । 

पर्यटकीय दृष्टिकोणले अब्बा  मानिएको उक्त सडक दाङ, धौलावाङ, लिवाङ हुँदै थवाङ जोड्ने जिल्लाको मध्यभागको सडकका रुपमा समेत विकास गर्न सकिने छ ।