१५ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहारा घरलाई घोडाघोडी नपाको सहयोग



अ+ अ-

कैलाली । मानसिक रोगीलाई आश्रय दिइरहेको कैलालीको बर्दगोरिया गाउँपालिका –२ स्थित सहारा घरलाई  घोडाघोडी नगरपालिकाले सहयोग गरेको छ । 

नगरपालिकाले शनिबार रु ६५ हजारसहित तीन क्विन्टल चामल, ६० किलो दाल, २० किलो नुन, एक बाकस तेल र एक बाकसअण्डा सहयोग गरेको हो ।
नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीले  विभिन्न कारणले मानसिक सन्तुलन गुमाएर सडकमा भौँतारिरहेकाहरुलाई सहारा दिएर घर एक उदाहरणीय पात्र बनेको बताउनुभयो । 

सहारा घरका सञ्चालक बलबहादुर विष्टले घरमा एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषभि, खानेपानीलगायत विभिन्न समस्या रहेको बारे अवगत गराउँदै स्वास्थ्यकर्मीको व्यवस्थापन गरिदिन अनुरोध गर्नुभयो ।