२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी News Polar दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड News Polar कांग्रेस सहमहामन्त्रीमा नानू बाँस्तोलाको उम्मेदवारी News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी News Polar चिरिबाबु महर्जनद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी दिएको हुँ : महालक्ष्मी उपाध्याय ‘डिना’ News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो

स्वास्थ्य सेवामा एम्बुलेन्स थपिँदै

स्वास्थ्य सेवामा एम्बुलेन्स थपिँदै
अ अ+ अ-

टीकापुर । टीकापुर अस्पतालमा केही पहिले बिरामीका लागि सहज रुपमा एम्बुलेन्स सेवा थिएन । आपत्कालीन अवस्थामा बिरामीलाई उपचारका लागि धनगढी, कोहलपुर र  नेपालगञ्ज पुर्याउनुपर्दा बाहिरबाट एम्बुलेन्स मगाएर बिरामीको उद्धार गर्नुपर्ने अवस्था थियो । केही बिरामीले एम्बुलेन्सको पर्खाइमै ज्यान गुमाउनुपर्ने बाध्यता रहे तापनि पछिल्लो समय अवस्था फेरिएको छ । 

टीकापुर नरगपालिकामा मात्र हाल सात तथा जानकी गाउँपालिकामा एउटा एम्बुलेन्स रहेको  छ । नेपाल रेडक्रस सोसाइटी पथरैया उपशाखाद्वारा सञ्चालित एम्बुलेन्स पनि टीकापुर अस्पतालमै रहने गरेको छ । वर्षमा एकदेखि दुई एम्बुलेन्स अस्पतालमा थप हुँदै गएका छन् । टीकापुर अस्पतालका मात्रै दुई एम्बुलेन्स सञ्चालनका अवस्थामा छन् भने एउटा एम्बुलेन्स बिग्रिएर थन्किएको छ । 

त्यस्तै नेपाल रेडक्रस सोसाइटी उपशाखा टीकापुर, भूपू सैनिक टीकापुर, योगाश्रम टीकापुर, सामुदायिक स्वास्थ्य विकास तथा जागरण कार्यक्रम टीकापुर र नेपाल रेडक्रस सोसाइटी पथरैया उपशाखाद्वारा गरी सात एम्बुलेन्स टीकापुर अस्पतालमा रहने गरेका छन् । 

टीकापुर अस्पताल विकास समितिका अध्यक्ष दीपक रावलले अस्पतालमा एउटा एम्बुलेन्स        कोइका र अर्को सुदूरपश्चिम प्रदेश सरकारले सहयोग गरेको बताउँदै अस्पतालका लागि अब अ शव वाहन आवश्यक रहेको बताउनुभयो । 

‘हामीसँग शव वाहनको खाँचो छ’, अध्यक्ष रावलले भन्नुभयो, ‘त्यसका लागि प्रदेश र संघीय सरकारसँग समन्वय गर्दै आएका छौंँ ।’ उहाँले अस्पताल क्षेत्रमा एम्बुलेन्स सेवा थपिनाले आकस्मिक सेवा दिनुपर्ने बिरामीलाई तत्काल अन्य अस्पताल रेफर गर्न सहज भएको बताउँदै बिरामीले चर्को शुल्क तिर्नुपर्ने बाध्यता समेत हटेको स्पष्ट गर्नुभयो । 

नेपाल रेडक्रस सोसाइटी उपशाखा टीकापुर रक्त सञ्चार संयोजक टेकराज बिनाडीले टीकापुर नगरपालिकाले रेडक्रसलाई एम्बुलेन्स सहयोग गरेसँगै काम गर्न सहज भएको बताउनुभयो । उहाँका अनुसार टीकापुर नगरपालिकाले सञ्चालन गरेको गर्भवती महिलालाई ‘होम टु हस्पिटल’ कार्यक्रमका लागि समेत एम्बुलेन्स सेवा प्रभावकारी भएको छ । ‘नगरपालिकाको गर्भवती महिलालाई होम टु हस्पिटल कार्यक्रम प्रभावकारी भएको छ’,  संयोजक बिनाडीले भन्नुभयो, ‘टीकापुरमा  एम्बुलेन्स थपिने क्रम जारी छ । त्यो टीकापुरबासीका लागि नै राम्रो कुरा हो । यसले स्वास्थ्य सेवालाई झनै प्रभावकारी बनाउँछ ।’

त्यसैगरी सत्ती कर्णाली सामुदायिक वनले एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । कैलालीकै नमूना सामुदायिक वनका रुपमा स्थापित सत्ती वनले त्यस क्षेत्रका नागरिकलाई उपचार लिन सहज होस् भनी एम्बुलेन्स सेवा सञ्चालन गरेको सामुदायिक वनका अध्यक्ष धनसिंह साउदले बताउनुभयो । सामुदायिक वनले १० वर्षअघि पनि एम्बुलेन्स सञ्चालन गरेको थियो ।