३१ भाद्र २०८३, बुधबार
,
Latest
सरकार र पार्टीको काम बाँडफाँड भएको छ, डुप्लिकेसन आवश्यक छैनः रवि लामिछाने सत्तारुढ दलका सांसदले प्रधानमन्त्रीलाई सोधे–योग्यता, क्षमाता र विज्ञता नागरिक प्रशस्तै छन्, राजदुत नियुक्ति किन रोकियो… जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेलाई तत्काल न्याय दिन सरकारसँग सांसद खतिवडाको माग राप्रपा वागमती प्रदेशका सांसदहरुको अध्यक्ष लिङदेनलाई चुनौती– ‘विक्री भएको प्रमाण २४ घण्टाभित्र पेश गर्नुस्’ शिक्षा समितिले भोटेकोशी बाढी प्रभावित क्षेत्रका होल्डिङ सेन्टर अनुगमन गर्ने बाढीपहिरोको उद्धार र पुनर्निर्माण अनुगमन गर्न एक हप्ताभित्र संसदीय विशेष समिति गठन हुने विपद्का विषयमा प्रधानमन्त्रीले दल र विज्ञसँग संवाद गरी राष्ट्रिय धारणा बनाउनुपर्छ : माधव नेपाल विपद् व्यवस्थापनमा सिंहदरबारको हस्तक्षेप घटाएर स्थानीय तहलाई अधिकार दिनुपर्छः अध्यक्ष राउत स्वास्थ्य बीमा प्रभावकारी नहुँदा सर्वसाधारणले हैरानी खेप्नुपरेको सांसद शर्माको आरोप ईभी दुर्घटना बढेको भन्दै ‘ईभी सेफ्टी एजुकेसन’ कार्यक्रम सञ्चालन गर्न सांसद बमको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाह्रबिसेमा पिसिआर उपकरण मिलाइदिने आश्वासन



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत कोभिड–१९ को सङ्क्रमण रोकथाम गर्न पार्टी एवं व्यक्तिगत रुपमा स्थानीय जनतालाई सहयोग गर्नेक्रम जारी राख्नुभएको छ । 

उहाँले शनिबार सिन्धुपाल्चोक क्षेत्र नं १ स्थित बाह्रबिसेको अस्पतालमा पिसिआर प्रविधिको व्यवस्था मिलाइदिने प्रतिबद्धता जनाउनुभयो ।  कोरोना रोकथाम र उपचारमा सरकारीस्तरबाट जनअपेक्षाअनुसार काम हुनु नसकेको भन्दै उहाँले नेपालमा कोरोना सङ्क्रमण देखिएको महिनौँ बितिसक्दा पनि एक तिहाइ जिल्लामा पनि पिसिआर प्रविधिबाट स्वाब परीक्षण गर्ने व्यवस्था हुन नसकेकाले जनस्तरबाट समेत सक्रिय भूमिका खेल्नुपर्ने देखिएको बताउनुभयो । 

उहाँले हालसम्म विदेशबाट भित्रिनेलाई उचित क्वारेन्टिनको व्यवस्था हुन नसकेको, सङ्क्रमणको आशङ्का भएकाहरुको स्वाब परीक्षण समयमा हुन नसकेको, कन्ट्याक्ट ट्रेसिङमा उचित ध्यान नगएको, समयमा आवश्यक स्वास्थ्य सामग्रीको उपलब्धता नभएको, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल बढाउने काम नभएको, स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता देखिएको लगायतका कारणबाट कोरोनाको जोखिम बढेको आरोप समेत लगाउनुभयो । 

पूर्व सूचना तथा सञ्चारमन्त्री समेत रहनुभएका उहाँले यसअघि पार्टी र भ्रातृ एवं शुभेच्छुक संस्थासँग मिलेर जिल्लामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र आम नागरिकलाई स्वास्थ्य सामग्री वितरण गर्दै आउनुभएको र सो कार्य अझै जारी रहेको बताउनुभयो । साथै उहाँले आफ्नै पहलमा जिल्लाभरि ६१३ जना स्वास्थ्यकर्मीको कोरोना बीमा गर्नुभएको थियो । 

साथै नेपालकै पहिलो कोरोनाबाट मृत्यु हुनुभएकी नौदिने सुत्केरी सावित्री तिमिल्सिना चालिसेका नवजात शिशुलाई पौष्टिक आहारका लागि रु एक लाख नगदको प्रबन्ध र १२ कक्षासम्मको अध्ययनमा सहयोग गर्ने  एवं त्यसपछि रोजगारीको व्यवस्था मिलाइदिने घोषणासमेत गर्नुभएको थियो । अब एम्बुलेन्स चालक र नेपाल प्रहरीको कोरोना बीमा गरिदिने क्रममा रहेको उहाँले उल्लेख गर्नुभएको छ । 




भर्खरै