काठमाडौँ । काठमाडौँ महानगरपालिकाको महानगर प्रहरी प्रमुखबाट निलम्बनमा परेका राजुनाथ पाण्डे उच्च अदालत पाटन पुगेका छन् ।
आफूलाई निलम्बन गरेको भन्दै जेठ २५ गते नै पाण्डेले पाटनमा रिट दायर गरेका थिए । उनले दायर गरेको रिटमा दुबै पक्षलाई छलफल गर्न उच्च अदालत पाटनले भोलि बुधबार बोलाएको छ ।
जेठ २७ गते प्रारम्भिक सुनुवाइ गर्दै दुबै पक्षलाई अन्तरिम आदेश जारी गर्नेरनगर्नेबारे छलफलमा बोलाएको थियो ।
पाण्डेले काठमाडौं महानगरपालिकाका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत सरोज गुरागाईं, महानगर प्रहरी बल निमित्त प्रमुख विष्णु जोशी, नगर कार्यपालिका कार्यालयलाई विपक्षी बनाएएका छन् ।
काठमाडौं महानगरका प्रशासकीय अधिकृत गुरागाईंले जेठ २० गते उनलाई उनलाई ६ महिनाका लागि निलम्बन गरेका थिए ।










