२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै रास्वपा बागमती प्रदेश अधिवेशनः जेठ ३० गते मतदान इरानको रोक्का रकम युद्ध प्रभावित खाडीको पुनः निर्माणमा प्रयोग गरिने जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

निलम्बनविरूद्ध उच्च अदालत पुगे राजुनाथ पाण्डे



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको महानगर प्रहरी प्रमुखबाट निलम्बनमा परेका राजुनाथ पाण्डे उच्च अदालत पाटन पुगेका छन् ।

आफूलाई निलम्बन गरेको भन्दै जेठ २५ गते नै पाण्डेले पाटनमा रिट दायर गरेका थिए । उनले दायर गरेको रिटमा दुबै पक्षलाई छलफल गर्न उच्च अदालत पाटनले भोलि बुधबार बोलाएको छ ।

जेठ २७ गते प्रारम्भिक सुनुवाइ गर्दै दुबै पक्षलाई अन्तरिम आदेश जारी गर्नेरनगर्नेबारे छलफलमा बोलाएको थियो ।

पाण्डेले काठमाडौं महानगरपालिकाका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत सरोज गुरागाईं, महानगर प्रहरी बल निमित्त प्रमुख विष्णु जोशी, नगर कार्यपालिका कार्यालयलाई विपक्षी बनाएएका छन् ।

काठमाडौं महानगरका प्रशासकीय अधिकृत गुरागाईंले जेठ २० गते उनलाई उनलाई ६ महिनाका लागि निलम्बन गरेका थिए ।