२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी News Polar दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड News Polar कांग्रेस सहमहामन्त्रीमा नानू बाँस्तोलाको उम्मेदवारी News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी News Polar चिरिबाबु महर्जनद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी दिएको हुँ : महालक्ष्मी उपाध्याय ‘डिना’ News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो

मालावीका प्रतिपक्षी नेता चक्वेरा राष्ट्रपतिमा निर्वाचित

मालावीका प्रतिपक्षी नेता चक्वेरा राष्ट्रपतिमा निर्वाचित
अ अ+ अ-

काठमाडौं । मालावीका प्रतिपक्षी नेता लाजारूस चक्वेरा गत मङ्गलबार सम्पन्न राष्ट्रपतिको निर्वाचनमा विजयी हुनुभएको छ । चक्वेराले प्रमुख प्रतिद्वन्द्वी बहालवाला राष्ट्रपति पिटर मुथारिकालाई अत्यधिक बहुमतसाथ पराजित गर्नुभएको हो । 

चक्वेरा निर्वाचनमा ५८ प्रतिशत मतसहित विजयी हुनुभएको मालावीको निर्वाचन आयोगले शनिबार राति पुष्टि गरेको छ ।

आयोगका अध्यक्ष चिफुन्डो कचालेले निर्वाचनको परिणाम सार्वजनिक गर्दै भन्नुभयो, “मालावीको २८ जिल्ला र १९३ निर्वाचन क्षेत्रका लागि कूल पाँच हजार दुई मतदान केन्द्रमा भएको मतदानको सम्पूर्ण मत परिणाममा प्रतिपक्षी नेता चक्वेरा ५८ प्रतिशत मत परिणामसहित निर्वाचित हुनुभएको छ ।”

चक्वेराले मालावीका वर्तमान् उपराष्ट्रपति तथा ‘यूनाइटेड ट्रान्सफर्मेसन मुभमेन्ट’ का नेता साउलोस चिलिमालाई आफ्नो सात दलीय गठबन्धनको तर्फबाट उपराष्ट्रपति बनाउने घोषणा गरिसक्नुभएको छ ।