फट्यांग्राकै एक प्रजतिका रुपमा रहेको सहल अनिकाल निम्त्याउने किराका रुपमा परिचित छ । यसले बालीनालीमा एकसाथ ठूलो संख्यामा बसेर बालीसहित बोट नै खाने गर्छ । अहिले सर्लाही, बारा, पर्सा, रुपन्देही लगायत धेरै जिल्लामा कहिँ फाट्टफुट्ट त सर्लाहीमा हजारौको संख्यामा सलह देखिन थालेको छन् भने निजगढ मा पनि ठुलै संख्या मा देखिने होकी भनेर कृषि ज्ञान केन्द्रहरु फिल्डका गतिबिधि बढाउदै छन् ।
नेपालमा यसवर्ष सलह प्रवेश गर्दैन भन्ने कृषि तथा पशुपक्षी विकास मन्त्रालयको निश्कर्ष गलत सावित भएको छ । मन्त्रालयले मरुभूमि सलहबारे अध्ययन गर्न गठन गरेको विशेष कार्यदलले यो वर्ष सलह किरा नआउने निचोडसहितको प्रतिवेदन दिएको थियो ।
अहिले तराईमा धान तथा तरकारी त पहाडमा मकै तथा फलफुलको सिजन समेत रहेको हुदा यस समयमा भित्रने यस किराको नियन्त्रण गर्न सरकार तत्काल युद्धस्तर मा लाग्नु पर्ने देखिन्छ ्र हावाको गति र सुक्खा मौसम संगै अघि बढ्ने यस किरा कसरि नेपाल तोपनि यस बर्षात सिजनमा भित्रियो त्यसको अध्यन गरि प्रवेश र फैलावट सहित तत्कालिन नियन्त्रण को बिधि तर्फ अघि बढ्नु पर्ने देखिन्छ ।
नियन्त्रण का उपाय :
रासायनिक र भौतिक गरी दुई तरिकाले सलह नियन्त्रण गर्न सकिन्छ, नर्सरी लगायतका सानो क्षेत्रमा झुलरजालीको प्रयोग, ठूलो आवाज, धुँवा आदिको प्रयोगबाट सलहको झुण्डलाई बस्नबाट रोक्ने सकिन्छ । सलहलाई पासोमा पारेर संकलन गर्नु पनि नियन्त्रणको अर्को उपाय हुन सक्छ । ड्रोंन , कुखुरा तथा हास लाइ खेतिमा छोडेर, ठुलो तथा पावर स्पेयरको समत प्रयोग गरि बिषादी छर्ने गर्दा नियन्त्रण गर्न सकिन्छ ।
विषादीको प्रयोग सलह नियन्त्रणको प्रभावकारी एउटा मध्यम हो । मालाथिन, ल्याम्डा साइहेलोथ्रीन, क्लोरपाइरिफोस, डेल्टामेथीन लगायतका रसायन छर्केर यसको नियन्त्रण गर्न सकिन्छ ।
तर, एकैपटक ठूलो क्षेत्रमा छर्नु पर्ने भएकाले युएलभी (अल्ट्रा लो भोल्युम) को प्रयोग सबैभन्दा बढी प्रभाकारी हुने हुदा यो बिधि किसान हरुले अपनाउन सक्छन, बिषको मात्रलाई कम कडा सबै ठाउमा प्रभाबकारी रुपममा छर्ने यो बिधिमा अर्गानो फस्फेट समुहको बिषादी छर्दा राम्रो देखिन्छ । मौसम को पुर्बनुमान सहित यसको ब्यबस्थापनमा ध्यान दिनु जरु हुने हुदा मौसम बिज्ञको समेत सग्लग्न गरि अघि बढ्न सके राम्रो देखिन्छ ।