३१ भाद्र २०८३, बुधबार
,
Latest
सामाजिक सञ्जालको वाद–प्रतिवादभन्दा परिणाममुखी काममा ध्यान दिन मन्त्रीहरूलाई देवकोटाको आग्रह चिलिमे जलविद्युत् आयोजनामा खोजी गर्दा तीन शव फेला महिला स्वास्थ्य स्वयंसेविकालाई कर्मचारी बनाउने विषयमा नीतिगत तथा कानुनी अध्ययन आवश्यक : मन्त्री मेहता राजविराजमा अस्पतालबाहिर बच्चा जन्माउन बाध्य बनाउने घटनामा दोषीमाथि कारबाही प्रक्रिया अघि बढ्यो काँग्रेस सभापति थापाले रास्वपालाई भने– संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस् तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्गाधनी भोटेकोशी बाढीपीडितलाई विद्युत् महसुलमा तत्काल सहुलियत विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप परिमार्जनका लागि देशभरबाट कस्ता आए सुझाव ? नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो बाढीपीडितका लागि ‘सनसेट ल’ ल्याउनेबारे सर्वदलीय बैठकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय बिँडीसहित तीन पक्राउ



अ+ अ-

बैतडी । हातहतियारसहित भारतबाट अवैध रुपमा ल्याइएको एक लाख ५० हजार मूल्य बराबरको  बिँडीसहित तीनजनालाई  प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा दशरथचन्द नगरपालिका–८ त्रिपुराका २२ वर्षीय आकाश चन्द, १९ वर्षीय दीपक भट्ट र २१ वर्षीय प्रकाश मार्कण्ड रहेका छन् ।  

उनीहरुलाई दशरथचन्द नगरपालिका–८ नल्तडीस्थित महाकाली किनारबाट गए राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  भन्सार छली गरी महाकाली नदीमा ट्युबमार्फत अवैध रुपमा बिँडी भित्रिरहेको गोप्य सूचनाका आधारमा प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारी नेतृत्वको  टोलीले ती तीनजनालाई पक्राउ गरिएको जनाइको छ । बरामद गरिएको सामग्रीलाई महाकाली भन्सार कार्यालय झुलाघाट बुझाइने छ । 

यसअघि गत जेठ २८ गते पनि सीमा सुरक्षाका लागि झुलाघाटमा स्थापना गरिएको सशस्त्र प्रहरीको सीमा निगरानी चौकी ९बिओपी० को गस्ती टोलीले दशरथचन्द नगरपालिका–६ स्थित शेराबाट दुई पेटी बिँडी बरामद गरेको  थियो ।    




भर्खरै